मेसीको २ गोलपछि बार्सिलोना ४–२ ले विजयी

  • Get News Alerts

united
स्पेनिस ला लिगा
tata


पहिलो हाफमा २–२ को बराबरीमा रोकिएको बार्सिलोनाका लागि दोस्रो हाफमा मेसी र आन्द्रेयी गोमेजले निर्णायक गोल गरे।

बार्सिलोना पहिलो हाफको २९ मिनेटमै स्तब्ध बन्न पुगेको थियो, जब म्यानचेस्टर सिटीबाट क्रृण सम्झौतामा आएका इलियाकुइम मानगालाले इभान राकिटिक र सर्जियो बस्क्युटको बीचबाट हेडिङ गर्दै भ्रमणकारी टोलीलाई पहिलो गोलको सफलता दिलाए।

तर, बार्सिलोना पहिलो गोल खाएको ६ मिनेटपछि नै खेलमा फर्कियो। ३५ मिनेटमा लुइस सुआरेजले ब्राजिलियन स्ट्राइकर नेइमारको पासमा गोल गरेपछि घरेलु टोली तुरुन्त खेलमा फर्किएको थियो।

भेलेन्सिया पहिलो हाफको खेल सकिन एक मिनेट बाँकी हुँदा स्तब्ध बन्यो। जब उसले पहिलो गोल गर्ने मानगालालाई गुमायो। मानगाला ४४ मिनेटमा सुआरेजलाई डिबक्स भित्र लडाएको आरोपमा दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए। उनको सामान्य गल्तीका कारण बार्सिलोनाले पेनाल्टीको अवसर पायो। जसलाई मेसीले गोलमा परिणत गरे। मानगाला ३९ मिनेटमा पनि मेसीसँग विवादमा अल्झिएका थिए। उनलाई जसका कारण पहिले नै पहेँलो कार्ड देखाइएको थियो।

पहिलो हाफमा भेलेन्सियाले मानगालालाई गुमाए पनि उसले उत्कृष्ट प्रतिद्वन्दीविरुद्ध निर्धारित ४५ पछि थप गरिएको अर्को मिनेटमा गोल फर्काउन सफल भयो। भेलेन्सियाका लागि बराबरी गोल मुनिर अल हाद्धादीले गरे। उनले बार्सिलोनाको फितलो रक्षापंक्तिको फाइदा उठाउदै मेसीले पेनाल्टीबाट गोल गरेको अर्को मिनेटमै गोल गरे।

दोस्रो हाफपछि बार्सिलोनाले आफ्नो खेलमा निकै सुधार ल्यायो। उसले रक्षापंक्ति मात्र होइन, आक्रामणलाई पनि तिब्र बनायो। नेइमार दोस्रो हाफपछि सबैभन्दा बढि प्रभावशाली रहे।

दोस्रो हाफको ८ मिनेटपछि नै मेसीले बार्सिलोनालाई पुनः अग्रता दिलाए। उनले आफ्नै देशका डिफेन्डर जाभियर मास्चेरानोको पासलाई गोलमा परिणत गरे। मेसीको गोलका कारण ५३ मिनेटमा बार्सिलोनाले ३–२ को अग्रता बनाएको थियो।

चौथो गोल गोमेजले नेइमारको उत्कृष्ट पासमा गरेका थिए। नेइमारले मैदानको मध्य भागबाट दौड्याउदै डिबक्स भित्रबाट क्रस गरेको बललाई अतिरिक्त खेलाडीको रुपमा खेलेका गोमेजले ८९ मिनेटमा गोलमा परिणत गरेका थिए। उनी ७४ मिनेटमा राफिन्हाको स्थानमा मैदानमा प्रवेश गरेका थिए।

भेलेन्सिया मानगालाको अनुपस्थितिमा ४६ मिनेट १० खेलाडीमा सिमिति भएर खेलेको थियो। भेलेन्सियाविरुद्धको जितपछि बार्सिलोना स्पेनिस ला लिगाको अंक तालिकामा रियल म्याड्रिडसँग २ अंकको दूरी बनाउन सफल भएको छ।

हाल रियल २७ खेलमा ६५ अंकका साथ शीर्षस्थानमा छ। बार्सिलोनाको २८ खेलमा ६३ अंक छ। आउँदो अप्रिल २३ मा हुने यी दुई देशबीचको ‘अल क्लासिको’ भिडन्तपछि लगभग निश्चित हुनेछ, यसपालिको ला लिगाको उपाधि कसले जित्छ भनेर।

Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • नेपालले खायो चौथो गोल

    नेपालले खायो चौथो गोल

    एएफसी एसिया कप छनोटअन्तर्गत मनिलामा भइरहेको नेपाल र फिलिपिन्सबीचको खेलमा नेपालले ७२ मिनेटमा अर्को गोल खाएको छ।

  • यसरी गोल गरे विशाल राईले

    यसरी गोल गरे विशाल राईले

    ३ गोलले पछि परेको अवस्थामा नेपालका लागि विशाल राईले पहिलो हाफको खेल सकिन ३० सेकेन्ड बाँकी हुँदा गोल गरे। उनले रेफ्रिले निर्धारित ४५ मिनेटपछि थप गरेको १ मिनेटको समयमा गोल गरेका थिए।

  • विशाल राईको गोलका कारण पहिलो हाफको खेल ३–१ मा

    विशाल राईको गोलका कारण पहिलो हाफको खेल ३–१ मा

    फिलिपिन्सका कप्तान फिल यङहजब्यान्डको दुई गोलका कारण पहिलो हाफको खेल समाप्त हुँदा नेपाल ३–१ ले पछाडि परेको छ। खेल सुरु भएको १२ मिनेटमै डिफेन्डर विक्रम लामालाई गुमाएको नेपाल त्यसपछि १० खेलाडीमा सिमित भएर खेलिरहेको छ।

  • नेपालको पहिलो गोल

    नेपालको पहिलो गोल

    एएफसी एसिया कप छनोटअन्तर्गत मनिलामा भइरहेको नेपाल र फिलिपिन्सबीचको खेलमा विशाल राईले पहिलो हाफको खेल सकिन एक मिनेट बाँकी हुँदा गोल फर्काएका छन्।

  • किरणको उत्कृष्ट पेनाल्टी बचाउ

    नेपालका नम्बर एक गोलकिपर किरण चेम्जोङले फिलिपिन्सको पेनाल्टीलाई उत्कृष्ट बचाउ गरेका छन्। विक्रम लामाले १२ मिनेटमा डिबक्समा हातले तानेको बलमा फिलिपिन्सले पेनाल्टीको अवसर पाएको थियो। रेफ्रिले लामालाई रातो कार्ड दिएका थिए।

Hundai

लोकप्रिय

vianet

सूचनापाटी