गेरी काहिलले निर्धारित ९० मिनेटको खेल सकिन तीन मिनेटअघि गरेको निर्णायक गोलका कारण स्टोक सिटीलाई उसैको घरमा पराजित गर्दै चेल्सीले इङ्लिस प्रिमियर लिगमा शीर्षस्थानको आफ्नो अग्रतालाई १३ अंकमा पुर्याएको छ।
विलियानले १३ मिनेटमा बनाएको अग्रतालाई घरेलु स्टोक सिटीले ३८ मिनेटमा बराबरीमा ल्याएको थियो, जब वाल्टर्सले पेनाल्टीबाट गोल गरे। यसपछि बराबरीतर्फ लम्किएको खेललाई ८७ मिनेटमा काहिलले चेल्सीतर्फ ढल्काएका थिए। ९० पछि थप गरिएको ५ मिनेटमा स्टोकले ब्राड्सलेलाई दोहोरो पहेँलो कार्डका कारण गुमाएको थियो।
चेल्सीले २८ खेलमा ६९ अंक बटुलेको छ र दोस्रो स्थानमा रहेको टोटेनहामभन्दा १३ अंकले अग्रता बनाएको छ।