भारतीय क्रिकेटका पूर्व कप्तान महेन्द्रसिंह धोनीको मोबाइल चोरी भएको छ। उनको ३ वटा मोबाइल नयाँ दिल्लीको द्धारकास्थित पाँच तारे होटलबाट चोरी भएको हो।
झारखण्ड टिमका कप्तान धोनी विजय हजारे ट्रफीको सेमिफाइनल खेल्न केही दिनअघि दिल्ली आएका थिए। बंगालविरुद्धको खेलको दिन बिहान उनी बसेको होटलमा आगो लागेको थियो। ज्यान जोगाउन होटलबाट भागेका धोनी आगो नियन्त्रणपछि आफ्नो कोठामा जाँदा उनको मोबाइल थिएन्।
धोनीले द्धारकास्थित सेक्टर १० को पुलिसथानामा एफआइआर दर्ता गरेका छन्। उनले प्रहरीमा दर्ता गरेको निवेदनमा भारतीय क्रिकेट टोली तथा भारतीय क्रिकेट बोर्ड(बिसिसीआई) सँग सम्बन्धित केही महत्वपूर्ण कुरा आफ्नो मोबाइलमा सुरक्षित रहेको बताएका छन्।