आर्सनलको पराजयपछि वेङ्गर संकटमा

  • Get News Alerts

united
tata

आर्सनलको फ्रेन्च प्रशिक्षक आर्सने वेङ्गर पुनः संकटमा देखिएका छन्। गएराति वेष्ट ब्रुमविरुद्धको खेल ३–१ ले गुमाउन पुगेपछि उनलाई प्रशिक्षक पदबाट हटाउन माग गरिरहेका केही समर्थकका लागि थप बल मिलेको छ।

आर्सनलको पछिल्लो ५ खेलमा यो चौथो पराजय थियो। र, क्लब २१ वर्षपछि इङ्लिस प्रिमियर लिगको शीर्ष ४ स्थानबाट तल खस्किएको छ। सन् १९९६ मा आर्सनलको प्रशिक्षक नियुक्त भएपछि वेङ्गरको यो अहिलेसम्मकै खराब नतिजा हो। रातीको पराजयपछि आर्सनल पाँचौ स्थानमा धकेलिएको छ।

आफ्नो राजीनामा लिएर चौतर्फी भइरहेको प्रदर्शनको विषयमा आफू चाँडै कुनै नतिजामा पुग्ने वेङ्गरले बताएका छन्। ‘म के गर्छु भन्ने तपाईहरुले छिट्टै थाहा पाउनु हुनेछ,’ पराजयपछि ६७ वर्षीय वेङ्गरले भने।
वेङ्गरको क्लबसँगको अनुबन्ध यही सिजनको अन्त्यमा समाप्त हुँदैछ। तर, क्लबले अनुबन्ध समाप्त हुनुअघि नै उनलाई थप दुई वर्षका लागि अनुबन्ध नवीकरण गर्न आग्रह गरिसकेको छ।

Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

Hundai

लोकप्रिय

vianet

सूचनापाटी