मेसीसहित सिनियर खेलाडीको बार्सिलोना व्यवस्थापकसँग गोप्य वार्ता

  • Get News Alerts

united
tata

बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेसीसहितको सिनियर खेलाडीले क्लबका एक खेलाडीको विषयलाई लिएर व्यवस्थापकसँग गोप्य बैठक गरेका छन्।

मेसीको नेतृत्वमा रहेको टोलीले मिडफिल्डर आन्द्रे गोमेसको विषयमा बार्सिलोनाको व्यवस्थापकसँग बैठक गरेका हुन्। गत समरमा भेलेन्सियाबाट अनुबन्धित भएर बार्सिलोना आएका गोमेस राम्रो प्रदर्शनबाट सघर्ष गरिरहेका छन्।

पोर्चुगलका यी अन्तर्राष्ट्रिय खेलाडी नोउ क्याम्पमा अन्य खेलाडीसँग लय मिलाउन सकिरहेका छैनन्। उनको फितलो प्रदर्शनलाई लिएर टोलीका सिनियर खेलाडी असन्तुष्ट छन्। तर पनि प्रशिक्षक लुइस एनरिक उनीमाथि धेरै विश्वास गर्छन र अन्य खेलाडीको तुलनामा उनलाई मौका दिइरहेका छन्।

गत महिना मात्र मेसीले गोमेजलाई टिमबाट बाहिर राखेर अगाडि बढ्न प्रशिक्षक एनरिकलाई सुझाव पनि दिएका थिए। तर, एनरिकले यसै साता डेपोर्टिभो ला कोरुनासँग २–१ ले पराजित खेलमा उनलाई पुनः मैदानमा उतारेका थिए।

स्पेनिस पत्रिका डाइरियो गोलका अनुसार मेसी र अन्य खेलाडीले क्लब व्यवस्थापकसँग गोमेजको निरासाजनक प्रदर्शन र त्यसले टिममा परेको प्रभावको विषयमा जानकारी गराएका थिए। आफ्नो घरमा ४–० ले हराएको डेपोर्टिभोसँग स्टाडियो रियाजोरमा २–१ को पराजय भागेपछि खेलाडीहरु बीच आपसमा छलफलसमेत भएको थियो।

गोमेजलाई अनुबन्धित गर्नुअघि पनि बार्सिलोनाका सिनियर खेलाडीले इनरिकलाई सुझाव दिएका थिए। गोमेजलाई अनुबन्धित नगर्न उनीहरुले दबाब पनि बनाएका थिए। तर, यसको बेवास्था गर्दै एनरिकले उनलाई अनुबन्धित गराउन भूमिका खेलेका थिए।

बार्सिलोना व्यवस्थापकसँगको गोप्य वार्तामा मेसीसहित गेरार्ड पिके, नेइमार, लुइस सुआरेज, इभान राकिटिक, आन्द्रेस इनिस्टा, सर्जियो बस्क्युट र जाभियर मास्चेरानो पनि संलग्न रहेको बताइएको छ।

Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

Hundai

लोकप्रिय

vianet

सूचनापाटी