चेल्सी र रियल म्याड्रिडका पूर्व स्ट्राइकर माइकल इसेनकी श्रीमतिले इटालीको तेस्रो दर्जाको क्लब कोमो खरिद गरेकी छिन्।
अकोसुआ पुनी इसेनले २ लाख ५५ हजार २ सय १ अमेरिकी डलरमा क्लबको स्वामित्व खरिद गरेको इटालियन मिडियाले जानकारी दिएको छ। क्लबले गत वर्ष आफू टाट पल्टिएको घोषणा गरेको थियो। गत विहिबार लिलामीको क्रममा पुनी इसेनले क्लबको स्वामित्व खरिद गरेकी थिइन्।
‘नयाँ मालिक र उनको समूहले क्लबलाई पहिलो दर्जामा पुर्याउन र युवा खेलाडीको उत्पादनमा ध्यान दिनेछ,’ क्लबद्वारा जारी विज्ञप्तीमा भनिएको छ। पुनी इसेनले आफ्नो ट्विटमा आफूलाई महिला व्यवसायी, सल्लाहकार, समाजसेवी र तीन बच्चाकी आमा भनेर आफ्नो परिचय दिएकी थिइन्।
३४ वर्षीय माइकल इसेनले गत सिजन ग्रीसको पानाथिनाइकोसबाट फुटबल खेलेका थिए। उनी गत सोमबार मात्र इन्डोनेसियाको पेर्सिब बान्डुङमा आवद्ध भएका थिए। कोमो १९८४ देखि १९८९ सम्म सिरियाको पहिलो श्रेणी क्लबमा दर्ता थियो।