बार्सिलोनाको भिडन्त युभेन्ट्ससँग, रियल म्याड्रिडले वायर्न म्युनिखसँग खेल्ने

  • Get News Alerts

united
च्याम्पियन्स लिग
tata

च्याम्पियन्स लिगको क्वाटरफाइनलको खेल तालिका शुक्रबार सार्वजनिक भएको छ। नयाँ सार्वजनिक तालिका अनुसार स्पेनको बार्सिलोना क्लबले इटालीको युभेन्ट्ससँग अघिल्लो खेल खेल्नु पर्ने भएको छ।

बार्सिलानासँगको खेल तालिका सार्वजनिक भएपछि युभेन्ट्सका निर्देशक पावेल नेडभेडले आफूहरु बार्सिलोनालाई चुनौती दिन सक्षम रहेको प्रतिक्रिया दिएका छन्।

यस्तै, स्पेनकै अर्को क्लब रियल म्याड्रिडको भिडन्त जर्मनीको वायर्न म्युनिखसँग हुने भएको छ। यो खेललाई सबैभन्दा ठूलो प्रतिस्पर्धाको रुपमा हेरिएको छ। रियल गत सिजनको च्याम्पियन पनि हो।

तेस्रो स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले पहिलो पल्ट च्याम्पियन्स लिग खेलिरहेको इङल्यान्डको लेस्टर सिटीसँग खेल्दैछ। जर्मनीको अर्को क्लब बोरुसिया डर्टमुन्डको भिडन्त भने फ्रेन्च क्लब मोनाकोसँग हुनेछ।
रियल म्याड्रिड र वायर्न तथा एट्लेटिको र लेस्टर सिटीको खेल अप्रिल १२ र १८ मा हुनेछ। बार्सिलोना र युभेन्ट्स तथा डर्टमुन्ड र मोनाकोको खेल भने अप्रिल ११ र १९ मा हुनेछ।

Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

Hundai

लोकप्रिय

vianet

सूचनापाटी