भारतले पहिलो इनिङमा अस्ट्रेलियाले बनाएको ४ सय ५१ रनको जवाफमा दोस्रो दिनको खेल समाप्त हुँदा १ विकेटको क्षतिमा १ सय २० रन बनाएको छ।
शुक्रबार दोस्रो दिनको खेलमा प्रारम्भिक ब्याट्सम्यान केएल राहुलले ६७ रन बनाए। उनी पेट कोमिन्सको बाउन्स बलको शिकार बन्न पुगे। राहुलको अस्ट्रेलियाविरुद्ध यो शृंखलामा चौथो अर्धसतक थियो। उनी टेस्ट शृंखलामा कुनै सतक नबनाई लगातार ४ अर्धसतक बनाउने भारतका तेस्रो प्रारम्भिक ब्याट्सम्यान बन्न पुगेका छन्।
यसअघि चेतन चौहानले १९७८–७९ को शृंखलामा वेष्ट इन्डिज र नवजोदसिंह सिद्धुले १९७९–८० मा अस्ट्रेलियाविरुद्ध लगातार ४ अर्धसतक बनाएका थिए। राहुल र मुरली विजयले मिलेर पहिलो विकेटका लागि ९१ रनको साझेदारी गरेका थिए। मुरली ४२ रन बनाएर क्रिजमा छन्। यस्तै, राहुलको ठाउँमा आएका चेतेश्वर पुजाराले दोस्रो दिनको खेल समाप्त हुँदा १० रन बनाएका छन्।