युरोपको दोस्रो प्रतिष्ठित फुटबल प्रतियोगिता युरोपा लिगको क्वाटरफाइनलमा यसपालि बेल्जियमका क्लबहरुको आधिपत्य रहेको छ। बेल्जियमका दुई क्लब यस सिजन युरोपा लिगको अन्तिम आठमा प्रवेश गर्न सफल भएका छन्, जुन अन्य देशभन्दा धेरै हो।
बेल्जियमको एन्डरलेच्ट र जेन्क क्लब विहिबार राती सम्पन्न अन्तिम १६ को दोस्रो लेगको खेलमा अग्रता बनाउदै क्वाटरफाइनल प्रवेश गरे।
यस्तै, इङ्ल्यान्डबाट एउटा मात्र क्लब म्यानचेस्टर युनाइटेड क्वाटरफाइनल प्रवेश गरेको छ। म्यानचेस्टरलाई यसपालिको दावेदार पनि मानिन्छ। यसबाहेक नेदरल्यान्ड्सको आयाक्स, टर्कीको बेसिकटास, स्पेनको सेल्टा भिगो, फ्रान्सको लियोन र जर्मनीको साल्के रहेका छन्। युरोपको चार महत्वपूर्ण मानिने स्पेनिस लिग, इङ्लिस प्रिमियर लिग, जर्मनीको बुन्डेसलिगा र इटालीको सिरिया ‘ए‘ मध्येबाट इटालीको प्रतिनिधित्व अन्तिम ८ मा यसपालि हुने छैन्। रोमा अन्तिम १६ बाट बाहिरिएको छ।