आफ्नै देशको क्लबलाई दोस्रो लेगको खेलमा १–१ गोलको बराबरीमा रोक्ने क्रममा बेल्जियम क्लब जेन्कले युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गर्ने इतिहास रचेको छ। बेल्जियमकै अर्को क्लब जेन्टलाई पहिलो लेगमा ५–२ गोलले पराजित गरेको जेन्कले समग्रमा ६–२ को गोल अग्रता निकाल्दै युरोपा लिगको अन्तिम आठमा प्रवेश पाएको हो। जेन्कको युरोपा लिगको क्वाटरफाइनलमा यो पहिलो प्रवेश हो।
विहिबार रातीको खेलमा फुलब्याक टिमोथी कास्टाग्नेले घरेलु जेन्क टोलीलाई २० मिनेटमा अग्रता दिलाएका थिए। ८४ मिनेटमा जेन्टका युवा स्ट्राइकर लुइस भर्सट्राइटेले गोल फर्काए पनि भ्रमणकारी टोलीलाई अघिल्लो चरण प्रवेशका लागि अपुरो रहयो। पूर्व नम्बर एक महिला टेनिस खेलाडी किम क्लिजटर््स पनि खेल हेर्न मैदानमा पुगेकी थिइन्।