पहिले गारेथ बेल र त्यसपछि क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि रियल म्याड्रिड सोमबार बिहान भिलारियालको घरेलु मैदानमा भइरहेको स्पेनिस ला लिगाको खेलमा फर्किएको छ।
दोस्रो हाफको ११ मिनेटमा दुई गोलले पछाडि परेको अवस्थालाई उल्ट्याउदै बेल र रोनाल्डोले गोल गरे। बेलले ६४ मिनेटमा डानी कार्भाजलको पासमा डिबक्सको ६ यार्ड भित्रबाट गोल गरेका थिए। लगत्तै ७४ मिनेटमा म्याड्रिडले पेनाल्टीको अवसर पाएको थियो।
टोनी क्रुजको प्रहार डिबक्सभित्र रहेका भिलारियालका खेलाडी ब्रुनोको हातमा लागेपछि रेफ्रिले म्याड्रिडलाई पेनाल्टीको अवसर प्रदान गरेको थियो। जुन पेनाल्टी रोनाल्डोले प्रहार गरे। उनले कुनै गल्ती नगरि सशक्त प्रहारमार्फत गोल गरेका थिए। जसका कारण २ गोलले पछाडि परेको १८ मिनेटभित्रै म्याड्रिड पुनः खेलमा फर्कियो।