अस्ट्रेलियाका कप्तान स्टिभन स्मिथले भारतविरूद्ध लगातार ५ टेस्ट सतक बनाएका छन्। उनले भारतविरूद्ध २०१४–१५ को घरेलु शृंखलामा भारतविरूद्ध लगातार ४ सतक हिर्काएका थिए।
त्यसपछि भारतविरूद्ध पूणेमा सम्पन्न टेस्टको दोस्रो इनिङमा उनले सतक पुरा गरे। भारतीय भूमिमा भारतविरूद्ध उनको पहिलो टेस्ट सतक पनि थियो। उनले दोस्रो इनिङमा १ सय ९ रन बनाए।
टेस्टमा भने स्मिथको यो १८ औं सतक हो। टेस्टको नम्बर एक ब्याट्सम्यान रहेका स्मिथले विहिबार मात्र भारतविरूद्ध टेस्टमा हजार रन पुरा गर्ने कीर्तिमान बनाएका थिए।
उनको सतक र स्टिभ ओ’किफको १२ विकेटको सहयोगले अस्ट्रेलिया पहिलो टेस्टमा ३ सय ३३ रनले विजयी भयो।