इन्डियन प्रिमियर लिग आइपिएलको दशौं संस्करणका लागि सोमबार प्लेयर्स अक्सन (खेलाडी लिलामी) भएको छ। भारतको बैंगलोरमा भएको अक्सनमा इंगल्याण्डका अलराउण्डर बेन स्टोक्स सबैभन्दा महाँगा खेलाडी बनेका छन्। उनलाई राइजिङ पुने सुपरजायन्ट्सले १४ करोड ५० लाख भारतीय रुपैयामा किनेको हो। यस्तै स्टोक्स सबैभन्दा महाँगा विदेशी ओभरसिस खेलाडी समते बनेका छन्।
आइपिएल अक्सनमा गुजरात लायन्स, किंग्स एलेभेन पञ्जाव र पुने सबैभन्दा व्यस्त देखियो। गुजरातले ११ खेलाडी किन्यो भने कोलकता र पुनेले समान ७ खेलाडी किने। बैंगलोरले सबैभन्दा कम ५ खेलाडी मात्र किन्यो।
हेर्नुहोस् आइपिएल-१० का सबैभन्दा महंगा दश खेलाडीहरू
आइपिएल-१० का महँगा खेलाडी
२. टायमल मिल्स ( १२ करोड)
स्टोक्सपछि इंगल्याण्डकै अर्का खेलाडी टायमल मिल्स दोस्रो महँगा खेलाडी बने। मिलसलाई रोएल च्यालेन्जर्स बैंगलोरले १२ करोडमा किन्यो।
३. ट्रेण्ड बोल्ट (५ करोड)
न्युजिल्याण्डका ट्रेण्ड बोल्ट ५ करोडमा बिक्रि भएका छन्। उनलाई कोलकता नाइट राइडर्सले किनेको हो।
४. खागिसो रवाडा (५ करोड)
दक्षिण अफ्रिकाका खागिसो रवाडा पनि ५ करोडमा बिक्री भएका छन्। रवाडालाई दिल्ली डेयर डेभिल्सले उक्त रकम तिरेर किनेको हो।
५. प्याट्रिक कमेन्स (४ करोड ५० लाख)
अष्ट्रेलियाली प्याट्रिक कमेन्स सर्वाधिक पाँचौ महंगो खेलाडी बनेका छन्। ४ करोड ५० लाखमा उनलाई दिल्लीले किनेको हो।
६. क्रिस वोक्स ( ४ करोड २०)
कोलकताले इंगलिस अलराउण्डर क्रिस वोक्सलाई ४ करोड २० लाखमा किनेको छ।
७. रसिद खान (४ करोड)
१८ वर्षे अफगानी खेलाडी रसिद खान सर्वाधिक महंगा खेलाडफको सूचीमा सातौ नम्बरमा बिक्री भएका छन्। डेविड वार्नरको कप्तानीमा रहेको साविक विजेता सनराइजर्स हैरादावादले उनलाई ४ करोडमा किनेको हो।
बेस प्राइज ५० लाख रहेका १८ वर्षिय लेग स्पिनर खानको लागि हैदारावदले मुम्बाई इन्डियन्सले कडा टक्कर दिए पनि अन्त्यमा हैदारावादले बाजी मारेको थियो।
८. नाथन कल्टर नाइल ( ३ करोड ५० लाख)
कोलकताले अष्ट्रेलियन फास्ट बलर नाथन कल्टर नाइललाई ३ करोड ५० लाख तिरेर भित्र्याएको छ। उनी आइपिएल १० का सर्वाधिक आठौं महंगा खेलाडी हुन्।
९. करण शर्मा
आधार मूल्य ३० लाख तोकेका करण शर्मालाई मुम्बई इन्डियन्सले ३ करोड २० लाखमा भित्र्याएको छ।
१०. टी नटराजन
आधार मूल्य १० लाख रहेको बलर टी नटराजनलाई किङंस इलाभेन पञ्जाबले ३ करोड तिरेर किनेको छ।
यस संस्करणको आइपिएल अक्सनमा केही नाम चलेका खेलाडी बिकेनन्। भारतीय फास्ट बलर इशान्त शर्मा जसको बेस प्राइज २ करोड थियो उनलाई कसैले किनेनन्। यस्तै १ करोड ५० लाख बेस प्राइज भएका विकेटकिपरहरु ब्राड ह्याडिन, जोनी बेरस्टो, अलारउण्डर ज्यासन होल्डर तथा बलरद्वय नाथन लियोन र केल एबोट बिकेनन्।
यस पटकको आइपिएल अक्सनमा सबैभन्दा आकर्षणको केन्द्र बने अफगानी खेलाडी मोहम्मद नावी
नावी आइपिएलमा खेल्ने पहिलो अफगानिस्तानी खेलाडी बने।उनलाई डेविड वार्नरको कप्तानीमा रहेको साविक विजेता सनराइजर्स हैरादावादले सुरूको मूल्यमै किन्यो।
यस्तै चिराग सुरु आइपिएलमा खेल्ने पहिलो युएईका खेलाडी बनेका छन्। उनलाई गुजरात लायन्सले बेस प्राइज १० लाखमा किन्यो।