मेसी, लुइस स्वारेज र नेइमार चम्किएपछि बार्सिलोनाले एइबरलाई ४-० गोल अन्तरमा हराएको छ। यो जीतसँगै स्पेनिस ला लिगामा बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडमाथिको दबाब कायम गरेको छ। बार्साले उपाधि दाबेदार रियल मड्रिडसँगको अंक दूरी छोट्याएको छ।
बार्सिलोनाको जितमा डेनिस स्वारेज, लियोनल मेसी, लुइस स्वारेज र नेइमारले गोल गरे। जितपछि अंक तालिकामा तेस्रो स्थानको बार्सिलोनाको १९ खेलबाट ४१ अंक छ। एक खेल कम खेलेको शीर्ष स्थानको रियल मड्रिड ४३ अंकसहित शीर्ष स्थानमा कायमै छ। यस्तै समान खेलबाट ४२ अंकसहित शेभिल्ला दोस्रो स्थानमा कायमै छ।