भारतको एकदिवसीय टिममा समावेश भएको १५ खेलमै केदार जाधव ‘म्यान अफ दि सिरिज’ घोषित भएका छन्। इङल्यान्डविरूद्ध कोलकाताको तेस्रो तथा अन्तिम खेलमा ९० रन बनाएका ३१ वर्षीय केदारले यो शृंखलामा एक सतक र एक अर्धसतक बनाएका थिए। उनले पूर्णको पहिलो खेलमा १ सय २० रन बनाएका थिए। उनले तीन खेलमा २ सय ३२ रन बनाए।