न्यु डायमन्ड एकेडेमीकी प्रतिभा माली १२ औं ढोरपाटन महिला भलिबल लिगको ‘ग्रेट एचिभमेन्ट अवार्ड’ बाट सम्मानित भएकी छिन्। उनले यसबापत स्कुटर प्राप्त गरिन्।
त्यसैगरी लिगको राइजिङ प्लेयर आयोजक ढोरपाटन स्पोर्टस् क्लवकी तारा भण्डारी, प्लेयर अफ द सिरिज नेपाल पुलिसकी कामना विष्ट, बर्ष खेलाडी एपीएफकी सरस्वती चौधरी, वेस्ट प्लेयर रिड मोडलकी मिनिमलले प्राप्त गरिन। यिनीहरूलाई पनि स्कुटरबाट सम्मान गरिएको थियो।