नेपालकी युवा टेनिस खेलाडी प्रेरणा कोइराला एसियाको युवा विकास योजनाअन्तर्गत थाइल्यान्डको बैंककमा आयोजना भइरहेको आइटिएफ युथ–१४ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेकी छिन्।
थाइ लनटेनिस संघको आयोजनामा जनवरी ८ देखि भइरहेको डिभिजन–२ अन्तर्गत उनले बुधबार सम्पन्न क्वाटरफाइनलमा जोर्डनकी रान्डा अलक्विडसीलाई ६–४ र ६–३ को सेटमा पराजित गरिन्। उनले यसअघि श्रीलंकाकी ओसिनी हेर्थालाई ६–४ र ६–३ ले पराजित गरेकी थिइन्।
प्रेरणाको सेमिफाइनल भेट श्रीलंकाकी ए कुरेरासँग निश्चित भएको छ। सेमिफाइनल बिहीबार हुँदैछ। सेमिफाइनलमा कुरेरालाई पराजित गरेको खण्डमा उनी डिभिजन १ मा प्रवेश गर्नेछिन्।
प्रेरणाले दुई साता लामो यस प्रतियोगितामा तेस्रो राउण्डबाट खेल्न सुरु गरेकी थिइन्। उनस् पहिलो साता तेस्रो स्थान बनाउदै दोस्रो राउण्डमा प्रवेश गरेकी हुन्। यस प्रतियोगितामा नेपालसहित १४ राष्ट्र सहभागी छन्।