अस्ट्रेलियामा पाकिस्तानले १२ वर्षपछि अस्ट्रेलियालाई पराजित गरेको छ। सन् २००५ देखि अस्ट्रेलियालाई उसको घरमा क्रिकेटको कुनै पनि फरम्याटमा हराउन नसकेको पाकिस्तानले मेलबर्नको दोस्रो एकदिवसीयमा कङ्गारुलाई ६ विकेटले पराजित गर्यो।
आइतबार राती पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाको योगफल ४८ दशमलव २ ओभरमा २ सय २० रनमा खुम्च्याउन मोहम्मद आमिर, जुनेद खान र इमद वासिमले घातक बलिङ गरे। आमिरले ३, जुनेदर र इमदले २–२ विकेट लिएका थिए।
पाकिस्तानले कप्तान मोहम्मद हाफिजको ७२ रनको सहयोगले ४७ दशमलव ४ ओभरमा ४ विकेट गुमाउदै विजय लक्ष्य चुमेको थियो।
सन् २००५ को जनवरीमा अस्ट्रेलियालाई उसको मैदानमा हराएयता पाकिस्तानले कङ्गारुलाई हराउन सकेको थिएन।