फिफा बरियतामा नेपाल ६ स्थान माथि, भुटानलाई जित्यो

  • Get News Alerts

united
tata

फिफा बरियतामा नेपाल ६ स्थान माथि उक्लिएको छ। फिफाले आज जारी गरेको बरियता क्रममा नेपाल ६ स्थान उक्लदैं १७५ औं स्थानमा पुगेको हो।

नेपालले एक स्थानमाथि उक्लिएको भुटानलाई पछि पारेको छ। भूटान १७४ औं स्थानमा पुगेको छ।

६ स्थान नै माथि उक्लिएको भारत दक्षिण एसियाली मुलुकहरूमध्ये शीर्ष स्थानमा छ। भारत १२९ औं स्थानमा पुगेको छ। 

दक्षिण एसियाली मुलुकहरूमध्ये सबैभन्दा राम्रो प्रगति मालदिभ्सले गरेको छ। ९ स्थान माथि उक्लिएको मालदिभ्स १४५ औं स्थानमा छ।

५ स्थान तल खस्किएको अफगानीस्तान १५१औं स्थानमा छ। बंगलादेश पनि ५ स्थान तल ओर्लिँदै १९० औं स्थान तल पुगेको छ।

श्रीलंका १ स्थान ओर्लिँदै १९६ औं स्थानमा छ भने पाकिस्तान १९७ औं स्थानमा यथावत छ।

 विश्व बरियतामा शीर्ष स्थानमा अर्जेन्टिना यथावतै छ। यो महिनाको वरियतामा माथिल्लो क्रमका ३४ देशहरू आफ्नो स्थानमा यथावत छन्। 

Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

Hundai

लोकप्रिय

vianet

सूचनापाटी