१ हजार २३ मिनेटपछि नेइमारको गोल

  • Get News Alerts

united
tata

ब्राजिलका स्टार स्ट्राइकर नेइमारले लामो समयपछि बार्सिलोनाका लागि गोल गरेका छन्। करिब अढाई महिनादेखि गोलबिहिन बनेका नेइमारले कोपा डेल रेअन्तर्गत बुधबार राती एटलेटिक बिलबाओविरूद्धको खेलमा ४८ मिनेटमा पेनाल्टीमार्फत गोल गरे।

उनलाई पेनाल्टीको अवसर लिओनल मेसीले उपलब्ध गराएका थिए। मेसी बार्सिलोनाको नियमित पेनाल्टीकर्ता हुन्। तर, बुधबार उनले लामो समयदेखि गोलको खोजीमा रहेका नेइमारलाई पेनाल्टी हान्ने जिम्मेवारी सुम्पिए।

नेइमारले मैदानमा १ हजार २३ मिनेट खर्चिएपछि गोल गरेका हुन्। उनले अक्टुबर १९ मा अन्तिम पल्ट गोल गरेका थिए। यो गोलसँगै नेइमारको बार्सिलोनाका लागि ७६ गोल पुरा भएको थियो।

नेइमारका पिताले धेरै अगाडिदेखि भन्दै आइरहेका छन्, मेसीकै उत्प्रेरणाले आफ्नो छोरा बार्सिलोनामा अनुबन्धित भएको हो। नेइमार मेसीका ठूला प्रशंसक हुन्।

Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

Hundai

लोकप्रिय

vianet

सूचनापाटी