बिमल स्मृति भलिबलको उपाधि सेनालाई

skoda
  • Get News Alerts

united
tata

स्व बिमल सिंह बुढाथोकीको स्मृतिमा यहाँ सञ्चालित भलिबल तथा सांस्कृतिक कार्यक्रम बुधबार समापन भएको छ।

जिल्लाकै सर्वाधिक पुरस्कार राशिको खुल्ला भलिबल प्रतियोगिताको उपाधि नेपाली सेनाको दुर्गादल गुल्मले हात पारेको छ। स्थानीय भगवती युवा क्बल सर्मोलीलाई ३–० को सोझो सेटमा हराउँदै सेनाले उक्त उपाधिमाथि कब्जा गर्न सफल भएको हो।

स्व बिमल स्मृति आयोजक समिति, राप्लाको आयोजनामा गत शनिबारदेखि सुरु उक्त प्रतियोगितामा सर्मोली सेना सामु २५–२०, २५–१४ र २५–१८ फराकिलो अङ्कको अन्तरमा पराजित हुँदा द्वितीयमा चित्त बुझाउनु परेको थियो। सेनाले उपाधि कब्जासँगै ५१ हजार नगद, मेडल, प्रमाणपत्र र ट्रफी हात पार्न सफल भएको छ। द्वितीय भगवती युवा क्लब, सर्मोलीले २५ हजार नगद, मेडल, प्रमाणपत्र र ट्रफी पाएको छ।

त्यस्तै, नेपाल प्रहरी र सामुदायिक ग्रामीण विकास समाज (सिआरडिएस) नेपाल तृतीय भएका छन्। तृतीय दुवै टोलीले समान ११ हजार नगद, मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन्। आयोजक समितिले प्रतियोगितामा सहभागी सबै टोलीलाई मायाको चिनोसमेत प्रदान गरेको छ।

त्यसैगरी, यहाँ मात्र बसोबास रहेको आदिवासी जनजाति रङ (शौका) समुदायबीच भएको नृत्य प्रतियोगितामा सर्वहित मावि दुम्लिङ प्रथम, भारतको महिला मङ्गल दल डोङकाङ द्वितीय र तिङ्कर युवा क्लब तृतीय भएको स्व बिमल स्मृति भलिबल तथा सांस्कृतिक कार्यक्रम आयोजक समिति, राप्लाका संयोजक धिरनसिँह बुढाथोकीले जानकारी दिए। 

नृत्य प्रतियोगितामा नेपाल र भारतका कुल सात टोलीको सहभागिता थियो। प्रतियोगिताका विजयीलाई क्रमशः प्रथमलाई १५ हजार, द्वितीयलाई १० हजार र तृतीयलाई नगद पाँच हजार, ट्रफी र मायाको चिनो प्रदान गरेको आयोजकले जानकारी दिए।

राप्ला गाविसमा स्थायी घर भएका बुढाथोकी भलिबल खेलाडी भएकाले उनको सम्झनामा उक्त प्रतियोगिता सञ्चालन गरिएको आयोजक समिति राप्लाका संयोजक बुढाथोकीले बताए। उक्त प्रतियोगितामा दुई भारत, तीन विभागीयसहित २६ टोलीको सहभागिता रहेको थियो। बुढाथोकीको गत वर्षको कात्तिक २४ गते अपी नगरपालिकाको धापमा जिप दुर्घटनामा मृत्यु भएको थियो।

सांस्कृतिक कार्यक्रममा यहाँका स्थानीय कला झल्कने नृत्य, देउडा गीत, शौका समुदायको आफ्नै भाषाका गीत गाइने आयोजक समितिका संयोजक बुढाथोकीको भनाइ छ। यो प्रतियोगिताले नेपाल र भारत बीचको मैत्रीपूर्ण सम्बन्ध र परम्परालाई सम्झाएको छ। रासस
––––––

Hundai
fasino
sagoon

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • भारतीय क्रिकेट खेलाडीले १० करोड हारे

    भारतीय क्रिकेट खेलाडीले १० करोड हारे

    अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) ले हरेक वर्ष अप्रिलको पहिलो दिन टेस्टको नम्बर एक टोलीलाई पुरस्कार स्वरुप १० करोड दिने घोषणा गरेको थियो।

  • तिलोत्तमा गोल्डकपः हिमालय शेर्पाले झापा ११ लाई २–० ले हरायो

    तिलोत्तमा गोल्डकपः हिमालय शेर्पाले झापा ११ लाई २–० ले हरायो

    बुटवलमा जारी १९ औं तिलोत्तमा गोल्डकपमा हिमालय शेर्पा क्लवले संघर्षपुर्ण जित हात पारेको छ। शनिबार भएको खेलमा रमपम झापा ११ लाई २ शुन्यले हराउँदै हिमालयन शेर्पाले अगाडिको यात्रा सुरक्षित गरेको हो।
    जिल्ला फुटवल संघ रुपन्देहीको आयोजनामा बुटवल स्थित एन्फा टेक्निकल सेन्टरमा जारी प्रतिस्पर्धामा हिमालयन शेर्पाका चेतन कुमार थारुले पहिलो गोल गर्दै आफ्नो टिमको पक्ष्ँमा खाता खोलेका थिए।

  • भारतविरूद्ध स्मिथको लगातार ५ सतक

    भारतविरूद्ध  स्मिथको लगातार ५ सतक अस्ट्रेलियाका कप्तान स्टिभन स्मिथले भारतविरूद्ध लगातार ५ टेस्ट सतक बनाएका छन्। उनले भारतविरूद्ध २०१४–१५ को घरेलु शृंखलामा भारतविरूद्ध लगातार ४ सतक हिर्काएका थिए। त्यसपछि भारतविरूद्ध पूणेमा सम्पन्न टेस्टको दोस्रो इनिङमा उनले सतक पुरा गरे। भारतीय...

  • डि भिलियर्सको ९ हजार रनको अनौठो कीर्तिमान

    डि भिलियर्सको ९ हजार रनको अनौठो कीर्तिमान

    दक्षिण अफ्रिकी कप्तान एबी डि भिलियर्सले एकदिवसीय क्रिकेटमा ९ हजार ५ बलमा ९ हजार रन पुरा गर्ने नयाँ तथा अनौठौ कीर्तिमान बनाएका छन्। उनले न्युजिल्यान्डविरूद्ध वेलिङ्टनमा भएको तेस्रो एकदिवसीयमा ८५ रन बनाउने क्रममा यस्तो कीर्तिमान बनाएका हुन्। यसअघि कम बल खेलेर ९ हजार रन पुरा गर्ने कीर्तिमान अस्ट्रेलियाका विकेटकिपर ब्याट्सम्यान एडम गिलकृष्टको नाममा थियो। गिलकृष्टले ९ हजार ३ सय २८ बलमा ९ हजार रन बनाएका थिए।

  • भारत फेरि १ सय ७ रनमा अलआउट, अस्ट्रेलियाले जित्यो पहिलो टेस्ट

    भारत फेरि १ सय ७ रनमा अलआउट, अस्ट्रेलियाले जित्यो पहिलो टेस्ट

    स्टिभन स्मिथको अस्ट्रेलियाली टेस्ट टोलीले भारतमा लगातार ७ टेस्ट पराजयको शृंखलालाई तोडेको छ। पूणेको पहिलो टेस्टलाई ३ सय ३३ रनले जित्ने क्रममा अस्ट्रेलियाले ४ टेस्टको शृंखलामा १–० ले बढ्त बनायो। कप्तान स्मिथको सतकीय इनिङमा कङ्गारुले दोस्रो इनिङमा २ सय ८५ रन बनाउदै भारतलाई ४ सय ४१ रनको लक्ष्य दिएको थियो।

Hundai

लोकप्रिय

vianet

सूचनापाटी