पाकिस्तानी क्रिकेट टिममा पाव–भाजी बेच्ने केटो !

  • Get News Alerts

tata

पाकिस्तानले कराचीको एउटा सामान्य होटलमा काम गर्ने केटालाई आफ्नो प्रारम्भिक ब्याट्सम्यानको रुपमा भेटाएको छ। हनन खान अस्कजई नाम गरेका यी बिस्फोटक ब्याट्सम्यान भारत र पाकिस्तानमा चर्चित मानिने खाना पाव–भाजी बेच्ने काम गर्छन्।

उनलाई पाकिस्तानको टि–२० टिममा छनोट गरिएको स्थानीय न्युज च्यानल ‘दुनिया’ले जानकारी दिएको छ। पाकिस्तानी टिममा छनोट भएको खबरसँगै उनको अन्तर्वार्ता लिन पत्रकारहरुको भीड लाग्न थालेको छ।

हननलाई मलेसियाविरुद्ध दुई टि–२० खेलका लागि प्रारम्भिक ब्याटिङ गर्न दिने सम्भावना छ। उनी मूलत बलुचिस्तान निवासी हुन्। पाकिस्तानी क्रिकेट बोर्डले नेटमा अभ्यासका लागि उनलाई राष्ट्रिय एकेडेमीमा बोलाइसकेको छ।

पाकिस्तानी टिममा आफ्नो छनोटलाई लिएर हनन निकै खुसी छन्। उनी टिमको जीतमा आफूले सकारात्मक भूमिका निर्वाह गर्ने बताउछन्। पाकिस्तान एघारले जनवरी १४ र १५ मा लाहोरको गद्दाफी रंगशालामा खेल्दैछ।

hundai

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • विराट पहिलो एकदिवसीय शृंखला जित्ने तेस्रो कप्तान

    विराट पहिलो एकदिवसीय शृंखला जित्ने तेस्रो कप्तान

    विराट कोहली कप्तानको भूमिकामा पहिलो एकदिवसीय शृंखला जित्ने तेस्रो भारतीय कप्तान बन्न पुगेका छन्। उनी दुई साताअघि मात्र भारतको एकदिवसीय कप्तान नियुक्त भएका थिए। इङ्ल्यान्डविरूद्ध तीन एकदिवसीयको शृंखलाअन्तर्गत पहिले पूणे र दोस्रो कटकमा जितेपछि भारतले शृंखलामा कब्जा जमाएको छ।

  • रोमाञ्चक खेलमा भारतले हरायो इङ्ल्यान्डलाई

    रोमाञ्चक खेलमा भारतले हरायो इङ्ल्यान्डलाई

    भारतले कटकमा भएको दोस्रो एकदिवसीयमा पनि इङ्ल्यान्डलाई १५ रनले पराजित गरेको छ। तीन एकदिवसीयको दोस्रो खेल पनि जितेपछि भारतले शृंखला २–० ले जितेको छ। भारतले पूणेमा भएको पहिलो खेल पनि जितेको थियो।

  • कार्लोस टेभेजलाई स्वागत गर्न चिनियाँ समर्थकको ओइरो

    कार्लोस टेभेजलाई स्वागत गर्न चिनियाँ समर्थकको ओइरो

    अर्जेन्टिनी स्ट्राइकर कार्लोस टेभेज चीनको संघाई शहरमा उत्रिँदा उनलाई स्वागत गर्न विहिबार विमानस्थल अगाडि सेन्हुँवा क्लबका सयौं समर्थक भेला भएका थिए। ३२ वर्षीय टेभेजलाई सेन्हुँवा क्लबले हाई प्रोफाइल फुटबल खेलाडीको रुपमा केही समयअगाडि अनुबन्धित गरेको थियो।

  • कर्ण लिम्बुको ह्याट्रिकमा झापाले अमेरिकन टिमलाई हरायो

    कर्ण लिम्बुको ह्याट्रिकमा झापाले अमेरिकन टिमलाई हरायो

    अमेरिका बसोबास गर्ने नेपालीको टिम एएनए यूएसएलाई ४-१ ले हराउँदै झापा ११ क्वार्टरफाइनलमा प्रवेश गरेको छ। बिहिबार पोखरा रंगशालमा भएको खेलमा कर्ण लिम्बुको ह्याट्रिकको मद्धतले अमेरिकको एएनए फराकिलो अन्तरमा पराजित भयो। झापाका लागि थप गोल बुद्ध चेम्जोङले गरे।

  • रिड मोडललाई पछि पार्दै एपीएफ शीर्ष स्थानमा

    रिड मोडललाई पछि पार्दै एपीएफ शीर्ष स्थानमा

    सशस्त्र प्रहरीको एपीएफ क्लब पहिलो पल्ट १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ। बिहीबार लिगको पुछारमा रहेको आयोजक ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफ १३ खेलबाट ३६ अंक बटुल्दै शीर्ष स्थानमा उक्लिएको हो।

hundai

लोकप्रिय

vianet

सूचनापाटी