फुटबलको हितमा ४८ देशः इन्फान्टिनो

  • Get News Alerts

tata

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले पैसा कमाउने र थप शक्तिशाली बन्ने उद्धेश्यबाट प्रेरित भएर विश्वकप फुटबलमा ४८ देश सहभागी गराउन लागेको आरोपको खण्डन गरेका छन्। र, उनले फुटबलको हितलाई सर्वोपरी ठानेर नै यो कदम उठाएको बताएका छन्।

मंगलबार ज्युरिचमा बसेको फिफा कार्यसमितिको बैठकमा सन् २०१६ देखि विश्वकपमा ४८ देश हुने नयाँ नियम अनुमोदन भएको थियो। निर्णयको विरोधमा अभियान चलाउदै आइरहेको न्यु फिफा समूहले नवनियुक्त अध्यक्ष इन्फान्टिनोले पैसा कमाउने र थप बलियो बन्ने उद्धेश्यबाट प्रेरित भएर निर्णय लागू गराएको आरोप लगाएको थियो।

‘यसको उल्टो फुटबलको पक्षमा निर्णय भएको छ,’ उनले बिबिसीलाई प्रतिक्रिया दिने क्रममा भने। उनले आर्थिक हिसाबले पनि यो निर्णय गर्न उपयुक्त देखिएको बताए। ‘हामीहरू सहज स्थितिमा छौ, फुटबलको हितका लागि यो निर्णय गर्न,’ उनले भने। फिफाको एउटा अनुसन्धानले ३२ देशलाई बढाएर ४८ देश गर्दा आम्दानीमा पनि बढोत्तरी हुने देखाएको छ। ४८ देश हुँदा ५ दशमलव २९ बिलियन पाउन्ड कमाई हुने आशा गरिएको छ।

hundai

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • ओलम्पिक कमिटीको वैधानिकताको विषयमा सर्वोच्चको निर्णय कार्यान्वयनमा सिडियोको पत्र

    नेपाल ओलम्पिक कमिटीको वैधानिकताको विषयमा तीन वर्षअघि सर्वोच्च अदालतले गरेको निर्णय कार्यान्वयनका लागि पहिलो पल्ट ललितपुर जिल्ला प्रशासन कार्यालय (सिडियो) ले सम्बन्धित निकायलाई पत्र काटेको छ।

  • चेल्सीको ८ अंकको अग्रता कायमै

    चेल्सीको ८ अंकको अग्रता कायमै

    इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको चेल्सीले अंक तालिकामा ८ अंकको अग्रता कायम राखेको छ। लिग अन्तर्गत गए राति भएको खेलमा हल सिटीलाई २–० ले हराउँदै चेल्सी दोस्रो स्थानको आर्सनलभन्दा ८ अंकले अगाडि रहेको हो।

  • मेस्सी, स्वारेज र नेइमार चम्किएपछि बार्साको सहज जित

    मेस्सी, स्वारेज र नेइमार चम्किएपछि बार्साको सहज जित

    मेस्सी, लुइस स्वारेज र नेइमार चम्किएपछि बार्सिलोनाले एइबरलाई ४-० गोल अन्तरमा हराएको छ। यो जीतसँगै स्पेनिस ला लिगामा बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडमाथिको दबाब कायम गरेको छ। बार्साले उपाधि दाबेदार रियल मड्रिडसँगको अंक दूरी छोट्याएको छ।

  • ३ खेलमा २ हजार ९० रन

    ३ खेलमा २ हजार ९० रन

    पूर्णमा भएको पहिलो एकदिवसीयमा इङ्ल्यान्डले पहिलो इनिङमा ३ सय ५० रन बनाएको थियो। प्रत्युत्तरमा भारतले ३ सय ५६ रन बनाएको थियो। यस्तै कटकमा भएको दोस्रो एकदिवसीयमा भारतले पहिलो इनिङमा ३ सय ८१ रन बनाएको थियो। प्रत्युत्तरमा इङ्ल्यान्डले ३ सय ६६ रन बनायो।

  • केदार जाधवलाई पहिलो ‘म्यान अफ दि सिरिज’

    केदार जाधवलाई पहिलो ‘म्यान अफ दि सिरिज’ भारतको एकदिवसीय टिममा समावेश भएको १५ खेलमै केदार जाधव ‘म्यान अफ दि सिरिज’ घोषित भएका छन्। इङल्यान्डविरूद्ध कोलकाताको तेस्रो तथा अन्तिम खेलमा ९० रन बनाएका ३१ वर्षीय केदारले यो शृंखलामा एक सतक र एक अर्धसतक बनाएका थिए। उनले पूर्णको पहिलो खेल...

hundai

लोकप्रिय

vianet

सूचनापाटी