महिला भलिबलमा न्यु डायमन्डको एकल अग्रता

  • Get News Alerts

united
tata

१२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगितामा न्यु डायमन्ड एकेडेमीले एकल अग्रता बनाएको छ। बालाजु नयाँ बस पार्कस्थित नवनिर्मित कोटमा बुधबार सम्पन्न खेलमा रामेछापको चन्डेश्वरी युवा क्लवलाई तीन सेटको सोझो सेटमा पराजित गर्दै न्यु डायमन्डले एकल अग्रता बनाएको हो।

चन्डेश्वरीलाई २५–९, २५–११ र २५–८ को सोझो सेटमा पराजित गरेको न्यु डायमन्डले ५ खेलबाट १५ अंक जोड्न सफल भएको छ। बुधबार नै सम्पन्न अन्य खेलमा रिड मोडल कलेज र नेपाल पुलिसले पनि सफलता हात पारेका छन्। स्वयम्भू ठूलो भर्‍याङस्थित रिड मोडल कलेजले नैकापको न्यु डायमन्ड स्पोर्ट्स क्लवलाई ३–० को सोझो सेटमा पराजित गर्यो।

भारतीय राष्ट्रिय खेलाडीको बर्चश्व रहेको रिड मोडलले न्यु डायमन्ड स्पोर्ट्स क्लवलाई २५–१४, २५–६ र २६–१२ को सेटमा पराजित गर्दै ३ अंक जोड्न सफल भएको छ।

त्यसैगरी बुधबार भएको अन्तिम खेलमा नेपाल पुलिसले पश्चिमाञ्चल क्षेत्री भलिबल संघलाई ३–१ को सेटमा पराजित गरेको छ। प्रतियोगितामा अहिलेसम्म ४ खेल खेलेको सशस्त्र प्रहरीको एपीएफ क्लव चारै खेलमा अपराजित रहँदै १२ अंकका साथ दोस्रो स्थान ओगट्न सफल भयो।

त्यस्तै तेस्रो स्थानमा नेपाल आर्मीले ४ खेलबाट १२ अंक जोडेको छ भने अर्को विभागीय टोली नेपाल पुलिसले ६ खेलबाट १२ अंक जोड्न सफल भएको छ।

त्यसैगरी आयोजक ढोरपाटन स्पोर्टस् क्लवले ५ खेलबाट ८ अंक जोडेको छ। रामेछापको चन्डेश्वरी युवा क्लवले ६ खेलबाट ७ अंक नै जोडेको छ।

पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघले ३ खेलबाट ३ अंक नै जोड्न सफल भएको छ भने बिजेश्वरी ज्ञान मन्दिर र न्यु डायमन्ड स्पोर्टस् क्लवले खाता खोल्न सकेका छैनन्।

Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • के नेपालको मेहनत काम लाग्ला? (राष्ट्रिय फुटबल टोलीको ट्रेनिङको फोटो फिचर)

    के नेपालको मेहनत काम लाग्ला? (राष्ट्रिय फुटबल टोलीको ट्रेनिङको फोटो फिचर)

    नेपालले यो प्रतियोगिताका लागि एक महिनादेखि नै तयारी सुरु गरेको थियो। नेपालले गत वर्षको अन्त्यमा एएफसी सोलिडारिटी कप जितेको अवस्थामा नेपाली टोलीबाट निकै आशा राखिएको छ। तर, सोलिडारिटी कपभन्दा बलियो देशसँग एसियन कपको छनोट खेल्नु पर्ने हुँदा नेपाललाई सोचे जति सहज पक्कै हुने छैन्।

  • कबड्डी संघको निर्वाचन: अदालतद्वारा कारण देखाउ आदेश जारी

    शनिबार हुन  लागेको अखिल नेपाल कबड्डी संघको निर्वाचन रोक्न माग गर्दै पाटन उच्च अदालतमा परेको रिटमा अदालतले कारण देखाउ आदेश जारी गरेको छ। लालकुमार लामाले आफू संघको अध्यक्ष भएको र विधान विपरित गठन भएको तदर्थ समितिले चुनाव गर्न नसक्ने दाबी गर्दै अदालतमा रिट हालेका थिए।

  • धर्मशालामा पहिलो पल्ट टेस्ट क्रिकेट

    धर्मशालामा पहिलो पल्ट टेस्ट क्रिकेट भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालामा रहेको रंगशाला विश्व क्रिकेटको १ सय १४ औं टेस्ट रंगशाला बन्न लागेको छ। शनिवारदेखि भारत र अस्ट्रेलियाबीचको चौथो तथा निर्णायक टेस्ट धर्मशालामा आयोजना हुँदैछ। चौथो टेस्टको आयोजनापछि यो स्थान भारतको २७ औं टेस्ट स्थल ...

  • मेसीको निर्णायक गोलमा अर्जेन्टिनालाई राहत, तेस्रो स्थानमा उक्लियो

    मेसीको निर्णायक गोलमा अर्जेन्टिनालाई राहत, तेस्रो स्थानमा उक्लियो

    लिओनल मेसीको पेनाल्टी गोलको सहयोगले चिलीलाई १–० ले पराजित गर्दै अर्जेन्टिना विश्व कप छनोटको तेस्रो स्थानमा उक्लिएको छ। शुक्रबार बिहान भर्खरै सम्पन्न खेलमा १६ मिनेटमा बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर मेसीको पेनाल्टी गोल घरेलु टोलीको जितका लागि पर्याप्त बन्यो।

  • चिनियाँ क्लबमा खेल्ने पाउलिन्होको ह्याट्रिक गोल, ब्राजिल ४–१ ले विजयी

    चिनियाँ क्लबमा खेल्ने पाउलिन्होको ह्याट्रिक गोल, ब्राजिल ४–१ ले विजयी इङ्ल्यान्डको टोटेनहाम क्लब छोडेर दुई वर्षअघि चीनको ग्वान्झाओ इभरग्रान्डेमा अनुबन्धित भएका २८ वर्षीय मिडफिल्डर पाउलिन्होको ह्याट्रिक गोलको सहयोगले ब्राजिलले विश्व कप छनोटअन्तर्गत उरुग्वेलाई उसैको घरमा ४–१ गोलले पराजित गरेको छ। यो नतिजा उरुग्वेको...

लोकप्रिय

vianet

सूचनापाटी