अन्तिम कप्तानीमा धोनीले बनाए नयाँ रेकर्ड

  • Get News Alerts

united
tata

भारतका सबैभन्दा सफल कप्तान महेन्द्रसिंह धोनीले आफ्नो कप्तानीको अन्तिम खेलमा इंल्याण्डबिरूद्ध रनको नयाँ रेकर्ड बनाएका छन्। इंग्ल्याड ११ विरूद्धको अभ्यास खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतीय टोलीले कप्तान धोनीको अभिजित ६८ रनको सहयोगमा ३०४ रन बनायो।

अन्तिम ओभरमा धोनीले २३ रन बनाएका थिए। २ छक्का र २ चौका प्रहार गरेका धोनीले ६ बलमा २३रन हिर्काएका हुन्। जुन अहिलेसम्म भारतीय कप्तानले अन्तिम ओभरमा प्रहार गरेको सर्वाधिक रन हो।

३०४ रनको विजयी लक्ष्य पछ्याएको इंल्याण्डले खेल सकिन ७ बल बाँकी छँदै ३०७ रन बनाएर खेल जितेको थियो। तीन विकेटले हारे पनि मन भने कप्तान धोनीले जितेका थिए।

ब्रेबोर्न स्टेडियममा भएको खेलमा धोनीले प्रहार गरेको रनको रेकर्ड अहिलेसम्म कुनै पनि कप्तानले बनाएका थिएनन्।

यस्तै धोनीले वान डे खेलमा कुनै पनि एक ओभरमा प्रहार गरेको सर्वाधिक रन पनि यही हो। यसअघि अष्ट्रेलियाविरूद्ध एकै ओभरमा २१ रनब नाएका थिए।

Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

Hundai

लोकप्रिय

vianet

सूचनापाटी