रोनी २ सय ५० गोल पुरा गर्न चुके

  • Get News Alerts

tata

इङ्ल्यान्डका सर्वाधिक गोलकर्ता वायने रोनी म्यानचेस्टर युनाइटेडका लागि २ सय ५० गोल गर्नबाट चुकेका छन्। मंगलबार राती हल सिटीविरूद्ध इएफएल कपको सेमिफाइनलअन्तर्गत पहिलो लेगको खेलमा १० मिनेटमै पाएको गोलको अवसरलाई उनले खेर फ्याँकेका थिए।

रोनीले यसैसाता म्यानचेस्टरका लागि सर्वाधिक गोल गर्ने बबी चाल्र्टनको कीर्तिमानको बराबरी गरेका थिए। उनले ४४ वर्षअघि चाल्र्टनले म्यानचेस्टरबाट गरेको २ सय ४९ गोललाई बराबरी गरेका हुन्।

यद्यपी रोनी गोलबाट चुकेपनि म्यानचेस्टर २–० ले विजयी भयो। लन्डन क्लबका लागि हुँवा मार्टाले ५६ र माराउन फेलानीले ८७ मिनेटमा गोल गरे। फेलानीले २०१३ पछि लिग कपमा पहिलो गोल गरेका हुन्। मार्टाको भने पछिल्लो ४ लिग कपमा तेस्रो गोल हो। हल सिटीविरूद्ध पछिल्लो १३ खेलमा म्यानचेस्टरको १२ औं जीत हो।

hundai

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • कोरियाली स्ट्राइकरले जोगाए टोटेनहामलाई हारबाट

    कोरियाली स्ट्राइकरले जोगाए टोटेनहामलाई हारबाट

    सुरुवातमा दुई गोलले पछि परेको टोटेनहामले डाले अलीको ५८ र मिनको ७७ मिनेटको गोलका कारण खेललाई बराबरीमा राखेको थियो। सिटीसँग उसैको मैदानमा अंक बाडेपछि लिभरपुललाई एक अंकले पछि छाड्दै टोटेनहाम लिगको दोस्रो स्थानमा उक्लिएको छ। चेल्सी २१ खेलमा ५२ अंकका साथ शीर्ष स्थानमा छ। २२ खेल खेलेको टोटेनहाम ४६ र लिभरपुलले ४५ अंक जोडेको छ।

  • आहा रारा गोल्डकपमा आज धरान र मनाङ मर्स्याङ्दी भिड्ने

    आहा रारा गोल्डकपमा आज धरान र मनाङ मर्स्याङ्दी भिड्ने

    पोखरामा जारी १५औं संस्करणको दोस्रो क्वार्टरफाइनलमा आज मनाङ मर्स्याङ्दी र धरान फुटबल टिम बिच प्रतिश्पर्धा हुँदैछ। एपिएफलाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको धरानले आज सेमिफाइनल प्रवेशको लागि बाइ पाएर सिधै क्वार्टरफाइनलमा आएको मनाङविरूद्ध भिड्ने भएको हो।

  • ढोरपाटन महिला भलिबल लिगको 'एचिभमेन्ट अवार्ड' प्रतिभालाई

    ढोरपाटन महिला भलिबल लिगको 'एचिभमेन्ट अवार्ड'  प्रतिभालाई न्यु डायमन्ड एकेडेमीकी प्रतिभा माली १२ औं ढोरपाटन महिला भलिबल लिगको ‘ग्रेट एचिभमेन्ट अवार्ड’ बाट सम्मानित भएकी छिन्। उनले यसबापत स्कुटर प्राप्त गरिन्। त्यसैगरी लिगको राइजिङ प्लेयर आयोजक ढोरपाटन स्पोर्टस् क्लवकी तारा भण्डारी, प्लेयर अ...

  • पहिलो सहभागितामै रिड मोडललाई ढोरपाटन भलिबल उपाधि

    पहिलो सहभागितामै रिड मोडललाई ढोरपाटन भलिबल उपाधि

    रिड मोडल कलेजले आफ्नो पहिलो सहभागितामै ढोरपाटन डबल लिग महिला भलिबलको उपाधि जितेको छ। १२ औं संस्करणमा आएर भाग लिएको कलेजले अपराजित रहँदै उपाधि जितेको हो। शनिबारको उपाधि भिडन्तमा डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरीको एपीएफ क्लवलाई ३–० को सोझो सेटमा पाखा लगाउदै रिड मोडलले उपाधि निश्चित गरेको हो। उपाधिसँगै रिड मोडलले नगद ३ लाख २० हजार रुपैयाँ पनि हात पार्न सफल भएको छ। रिड मोडलले १५ खेलबाट ४५ अंक हासिल गर्यो।

  • राष्ट्रपति रनिङ शिल्डः एथलेटिक्समा जानकी माविको वर्चश्व

    राष्ट्रपति रनिङ शिल्डः एथलेटिक्समा जानकी माविको वर्चश्व

    राष्ट्रपति रनिङ शिल्डअन्तर्गत गत एथलेटिक्समा जानकी माध्यमिक विद्यालयले वर्चश्व जमाएको छ। जिल्ला खेलकुद विकास समिति चितवनको आयोजनामा शनिबारदेखि जानकी माविमा सुरु भएको क्षेत्र नम्वर ५ को क्षेत्रीय प्रतियोगितामा सोही विद्यालयले एथलेटिक्सका प्राय सबै खेलमा अग्रस्थान लिएको छ।

hundai

लोकप्रिय

vianet

सूचनापाटी