गैर खेलाडीलाई क्रिकेट टिममा छनोट गरिएकोमा छानबिन हुने

skoda
  • Get News Alerts

united
tata

पछिल्लो समय क्रिकेट र फुटबलमा भएको अनिमियतता र गैरजिम्मेवारीको छानविन गर्न गठन गरेको समितिले सम्बन्धित निकायलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पत्रचार गर्ने निर्णय गरेको छ।

राखेपका सदस्य रहेका समितिका संयोजक देवकुमार अधिकारी (बद्री) को अध्यक्षतामा सोमबार बसेको समितिको पहिलो बैठकले यो निर्णय गरेको हो।

पुस पहिलो साता परिषद्ले अधिकारीको संयोजकत्वमा राखेपअन्तर्गत प्रशासन विभाग प्रमुख मधुसुदन बस्नेत, खेलकुद विकास विभाग प्रमुख कुलबहादुर थापा, संघ संस्था समन्वय शाखा प्रमुख डेमबहादुर बस्नेत र राखेपका कानून विज्ञ धनबहादुर श्रेष्ठ सदस्य रहने गरी ५ सदस्यीय छानविन समिति गठन गरेको थियो।

पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्नु परेकाले काम अगाडि बढाउन ढिलाई भएको र अब तीव्र गतिमा छानविन प्रकृया अगाडि बढाउने समितिले जनाएको छ। समितिले जनाए अनुसार १ महिनाभित्र प्रतिवेदन बुझाइनेछ।

२०७३ असोज २० देखि हङ्गगकङ्गमा भएको एक महिने प्रशिक्षण तथा महिला विश्व कप छनोट प्रतियोगिताका लागि नेपाली खेलाडी छनोट गर्ने क्रममा क्यानका प्रशासन प्रमुख छुम्बि लामा, टोली प्रशिक्षक जगत टमाटा र टिम ब्यवस्थापक राजु बस्न्यातमाथि छनोटका क्रममा गैर खेलाडी छनोट गरेको, प्रतियोगिताका लागि वरिष्ठ फिजियोथेरापिष्ट वा डाक्टर लानु पर्नेमा परिषद्मा दुई–दुई वरिष्ठ फिजियोथेरापिष्ट र डाक्टर हुँदा हुंदै स्टाफ नर्सलाई फिजियोका रुपमा लगेको, खेलाडीको ठाउमा चार गैर खेलाडीलाई आर्थिक लाभ लिई छनोटमा अनियमितता गरेको आरोप छ।

Hundai
fasino
sagoon

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • बंगलादेशमा मनाङका लागि किरण चेम्जोङ तगारो (LIVE)

    बंगलादेशमा मनाङका लागि किरण चेम्जोङ तगारो (LIVE)

    किरणलाई यही प्रतियोगिता अगाडि मादिभ्स क्लबले एक वर्षका लागि अनुबन्धित गरेको थियो। उनी अहिले उत्कृष्ट लयमा छन्। किरण २०१५–१६ को सिजन मनाङमा आवद्ध थिए। त्यसैले उनलाई मनाङको बलियो र कमजोर पक्ष दुवै थाहा छ।

  • पेलेका छोरालाई १३ वर्षको जेल सजाय

    पेलेका छोरालाई १३ वर्षको जेल सजाय

    ब्राजिलका महान फुटबल खेलाडी पेलेका छोराले विभिन्न अपराधको घटनामा ब्राजिलको अदालतले तोकेको १३ वर्षको सजाय भुक्तानका लागि प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। पेलेका छोरा एड्सन नासिमेन्टोलाई लागु औषधको कारोबार र मनि–लन्ड्रीङको मुद्धामा अदालतले यसै साता १३ वर्षको सजाय तोकेको थियो।

  • मेसी आफूलाई देखाएको पहेँलो कार्डप्रति असन्तुष्ट

    मेसी आफूलाई देखाएको पहेँलो कार्डप्रति असन्तुष्ट

    एट्लेटिको म्याड्रिडविरूद्धको खेलमा आफूलाई देखाएको पहेँलो कार्डको विषयमा बार्सिलोनाका स्टार अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसी असन्तुष्ट देखिएका छन्। मेसीलाई स्पेनिस रेफ्रि आन्टोनियो मिगुलले ८२ मिनेटमा पहेँलो कार्ड देखाएका थिए। यता नेइमारलाई विपक्षी डिफेन्डरले फल गर्दा पनि कुनै कार्ड नदेखाएको भन्दै मेसीले मैदानमा असन्तुष्टी जनाएका थिए।

  • बेल, रोनाल्डो र मोराटाले उल्टाए खेल, बार्सिलोना फेरि झर्यो दोस्रो स्थानमा

    बेल, रोनाल्डो र मोराटाले उल्टाए खेल, बार्सिलोना फेरि झर्यो दोस्रो स्थानमा

    दोस्रो हाफमा दुई गोलले पछाडि परेको अवस्थालाई उल्ट्याउदै रियल म्याड्रिडले ४ घण्टा अगाडि आफ्नो कट्टर प्रतिद्धन्द्धी बार्सिलोनासँग गुमाएको स्पेनिस ला लिगाको शीर्षस्थानलाई पुनः फर्काएको छ।

  • म्याड्रिडको नाटकीय पुनरागमन, बेल र रोनाल्डोले गोल फर्काए

    म्याड्रिडको नाटकीय पुनरागमन, बेल र रोनाल्डोले गोल फर्काए

    पहिले गारेथ बेल र त्यसपछि क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि रियल म्याड्रिड सोमबार बिहान भिलारियालको घरेलु मैदानमा भइरहेको स्पेनिस ला लिगाको खेलमा फर्किएको छ।

Hundai

लोकप्रिय

vianet

सूचनापाटी