कार्ली लोयड फिफा महिला वर्ष खेलाडी

  • Get News Alerts

united
tata

पाँच पल्टकी विजेता ब्राजिलकी मार्टा र रियो ओलम्पिककी स्वर्ण पदकधारी जर्मनीकी मेलानी बेरिङ्गरलाई उछिन्दै अमेरिकी कार्ली लोयडले फिफा वर्ष खेलाडीको महिला विधाको पुरस्कार जितेकी छिन्।

अमेरिकाले यस वर्ष ओलम्पिक उपाधि नजितेपनि आफ्नो क्लब हस्टन ड्यास र देशका लागि उत्कृष्ट प्रदर्शन गरेका कारण लोयडलाई पुरस्कृत गरिएको थियो। ‘साँचो कुरा गर्नु पर्दा मैले यो सम्मानको कल्पना पनि गरेकी थिइन्,’ज्युरिचमा सोमबार आयोजित कार्यक्रममा सम्मानित भएपछि लोयडले भनिन्। उनले ओलम्पिकमा मेलानीले गरेको उत्कृष्ट प्रदर्शनका कारण आफूलाई पुरस्कार जित्छु भन्ने नलागेको बताइन्।

लोयडले २० दशमलव ६८ मत प्राप्त गरेकी थिइन्। मार्टाले १६ दशमलव ६० र मेलानीले १२ दशमलव ३४ मत प्राप्त गरेकी थिइन्।

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी