मलेसियाका सुब्रिले रोनाल्डो र मेसीलाई उछिने

  • Get News Alerts

united
tata

बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसी र रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले गत वर्ष आफ्नो देश र क्लबका लागि अनगिन्ति गोल गरे। तर, यी दुवै चर्चित स्ट्राइकरलाई गोलको मामिलामा मलेसियाका मोहम्मद फाइज सुब्रिले उछिनेका छन्।

सोमबार राती ज्युरिचमा फिफा वर्ष खेलाडीको घोषणा भइरहँदा सुब्रि पुस्कास अवार्डबाट सम्मानित भए। यसको मतलब सन् २०१६ मा उनी उत्कृष्ट गोल गर्ने खेलाडीबाट सम्मानित भए। फिफाले वर्षमा उत्कृष्ट गोल गर्ने खेलाडीलाई पुस्कास अवार्डबाट सम्मानित गर्ने गरेको छ।

२९ वर्षीय स्ट्राइकरले गत वर्ष मलेसियन सुपर लिगमा ३५ यार्ड टाढाबाट फ्रिकिकमार्फत दूर्लभ गोल गरेका थिए। उनले गरेको यो गोलका लागि ५९ दशमलव ४६ मत प्राप्त भएको थियो।
यस्तै, मार्लोनले गरेको गोलका लागि २२ दशमलव ८६ र डानुस्का रोड्रिगेजका लागि १० दशमलव ०१ मत प्राप्त भएको थियो।

Hyundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

Hyundai

लोकप्रिय

vianet

सूचनापाटी