रोनाल्डो चौथो पल्ट फिफा वर्ष खेलाडी

  • Get News Alerts

united
tata

आफ्नो कट्टर प्रतिद्धन्द्धी बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीलाई पछि पार्दै क्रिस्टियानो रोनाल्डोले फिफा वर्ष खेलाडीको सम्मान प्राप्त गरेका छन्।

रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकरलाई सन् २०१६ को सिजनमा उनले गरेको उत्कृष्ट प्रदर्शनका लागि विश्व फुटबलको उच्च निकाय फिफाले सोमबार राती स्विट्जरल्यान्डको ज्युरिचमा आयोजित विशेष कार्यक्रममा सम्मान गर्यो।

गत वर्ष आफ्नो क्लब म्याड्रिडलाई च्याम्पियन्स लिग र आफ्नो देश पोर्चुगललाई पहिलो पल्ट युरो कपको उपाधि दिलाउन उनले गरेको योगदानको फिफाले उच्च मूल्याङ्कन गरेको थियो।

‘मैले धेरै पल्ट बताइसकेको छु, २०१६ मेरो खेल जीवनको स्वप्निल समय हो,’ एक महिनाअघि मात्र बालोन डि’ओरबाट चौथो पल्ट सम्मानित भएका ३१ वर्षीय रोनाल्डोले प्रतिक्रिया दिए।

६ वर्ष फ्रान्सको फुटबल पत्रिकासँग सहकार्य गरेको फिफाले बालोन डि’ओरलाई नै फिफा वर्ष खेलाडीको रुपमा प्रदान गर्दै आइरहेको थियो। तर, यस वर्षदेखि फ्रेन्च पत्रिकासँग सम्झौता भंग गरेको फिफाले

आफैले वर्ष खेलाडी चयन गरेर ज्युरिचमा सम्मान गरेको हो।

रोनाल्डोले वर्ष खेलाडीको रुपमा सम्मान पाउदा कूल ३४ दशमलव ५४ मत प्राप्त गरेका थिए। जुन मेसीभन्दा करिब ८ प्रतिशत बढि थियो। मेसीले २६ दशमलव ४२ प्रतिशत मत प्राप्त गरे।

यस्तै, रोनाल्डो र मेसीपछि वर्ष खेलाडीको दौडमा रहेका फ्रेन्च स्ट्राइकर एथलेटिको म्याड्रिडका एन्टोन ग्रेजम्यानले ७ दशमलव ५३ मत प्राप्त गरेका थिए।

‘२०१६ मा रियल म्याड्रिडले च्याम्पियन्स लिग जित्यो। पोर्चुगलले युरो कपको उपाधि। त्यसैले यो वर्ष मेरो लागि विशेष छ,’ रोनाल्डोले भने।

रोनाल्डोले गत वर्ष ४४ खेल खेल्ने क्रममा ४२ गोल गरेका थिए र उनले गोलका लागि १४ मौका जुराएका थिए। रोनाल्डोले फिफा वर्ष खेलाडीको पुरस्कार चौथो पल्ट जितेका हुन्। उनका प्रतिद्धन्द्धी मेसीले यो अवार्ड पाँच पल्ट जितेका छन्।

रोनाल्डोे सन् २००८, २०१३, २०१४ गरि यसअघि तीन पल्ट सम्मानित भइसकेका थिए। ‘म यस कार्यक्रममा मेसीको पनि उपस्थिति चाहन्थे। तर, बुधबार अर्को महत्वपूर्ण खेल खेल्नु पर्ने कारण उनी सहभागी हुन सकेनन,’ मध्य ज्युरिचको कंग्रेसहाउसमा आयोजित पुरस्कार कार्यक्रममा फिफा अध्यक्ष गियानी इन्फान्टिनोले सबैलाई जानकारी दिए।

सन् २००९ देखि २०१२ र २०१५ मा मेसीले फिफा वर्ष खेलाडीको सम्मान पाउदा २०१० लाई छोडेर सबै पल्ट रोनाल्डो दोस्रो स्थानमा आएका थिए। त्यसैले सन् २००८ देखि नै रोनाल्डो र मेसीबीच यो पुरस्कारका लागि प्रतिस्पर्धा हुने गरेको छ।

Hundai
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • बार्सिलोनाले क्रुफको मुर्ती रंगशाला बाहिर राख्ने

    बार्सिलोनाले क्रुफको मुर्ती रंगशाला बाहिर राख्ने

    डच फुटबल खेलाडी क्रुफ आयाक्सबाट १९७३ मा बार्सिलोनामा आवद्ध भएपछि १४ वर्ष स्पेनिस क्लबबाट फुटबल खेलेका थिए। यसपछि उनी बार्सिलोनाको प्रशिक्षक पनि बने। बार्सिलोनामा आक्रामक खेल भित्र्याउने योगदान उनलाई जान्छ।

  • अश्विनको नाममा एकै सिजन सर्वाधिक विकेट लिने कीर्तिमान

    अश्विनको नाममा एकै सिजन सर्वाधिक विकेट लिने कीर्तिमान भारतीय अफ स्पिनर रवीचन्द्रन अश्विन एकै सिजन सर्वाधिक विकेट लिने बलर बन्न पुगेका छन्। उनले शनिवारदेखि धर्मशालामा सुरु भएको टेस्टमा अस्ट्रेलियन कप्तान स्टिभन स्मिथको विकेट लिने क्रममा यो कीर्तिमान रचेका हुन्। उनलाई एउटै सिजनमा सर्वाधिक विकेट लिने बलर ब...

  • स्मिथको भारतविरुद्ध एउटै शृंखलामा सर्वाधिक सतक बनाउने कीर्तिमान

    स्मिथको भारतविरुद्ध एउटै शृंखलामा सर्वाधिक सतक बनाउने कीर्तिमान

    शनिवार धर्मशालामा सुरु भएको चौथो तथा अन्तिम टेस्टमा १ सय ११ रन बनाएपछि उनी यो कीर्तिमान रच्न सफल भएका हुन्। यसअघि भारतीय भ्रमणमा निल हार्भे र नोर्म ओ‘ निलले १९६० मा दुई र म्याथ्यु हेडनले २००१ मा दुई वटा टेस्ट सतक बनाएका थिए।

  • कुलदीपको चाइनामेन अगाडि अस्ट्रेलिया कमजोर

    कुलदीपको चाइनामेन अगाडि अस्ट्रेलिया कमजोर

    कप्तान स्टिभन स्मिथको सतकसँगै भारतविरुद्धको चौथो तथा अन्तिम टेस्टमा अस्ट्रेलियाको पहिलो इनिङमा नाटकीय रुपमा समाप्त भएको छ। स्मिथले १ सय ११ रनको सतकीय इनिङ खेले पनि भ्रमणकारी टोली धर्मशालामा भइरहेको चौथो टेस्टको पहिलो इनिङमा ३ सय रनमा खुम्चिन पुग्यो।

  • लगातार ५४ टेस्ट खेलेका विराट कोहली टिमबाट बाहिर

    लगातार ५४ टेस्ट खेलेका विराट कोहली टिमबाट बाहिर

    सन् २०११ मा वेष्ट इन्डिजविरुद्ध मुम्बई टेस्टबाट पुनः फर्किएका विराट त्यसपछि लगातार ५४ टेस्टमा संलग्न थिए। विराटले २०११ को जुनमा वेष्ट इन्डिजविरुद्ध सबिना पार्क, किङ्सटनमा डेब्यु गरेका थिए। वेष्ट इन्डिज भ्रमणमा तीन टेस्टको पाँच इनिङमा उनले १५ को औसतले ७६ रन मात्र बनाएका थिए। यसपछि उनलाई इङ्ल्यान्ड भ्रमणमा पनि मौका दिइएको थियो। तर, ४ वटा टेस्टमा कुनैमा उनले मौका पाएनन्।

लोकप्रिय

vianet

सूचनापाटी