विश्व नम्बर एक बलर रविचन्द्रन अश्विनले आफ्नै देशका पूर्व तीब्र बलर जवागल श्रीनाथको विकेट लिने कीर्तिमानलाई पछाडि छोडेका छन्। उनी भारतको सर्वाधिक विकेट लिने बलरमा सातौ स्थानमा उक्लिएका छन्।
इङ्ल्यान्डविरूद्ध चौथो टेस्टको विहीबार पहिलो दिनको खेलमा अश्विनले २ विकेट लिएपछि श्रीनाथको कीर्तिमानलाई पछाडि छोडेका हुन्। उनले पहिलो दिन ४ विकेट लिएका थिए।
चौथो टेस्ट सुरु हुनुअघि अश्विनको नाममा २ सय ३५ विकेट थियो। श्रीनाथले भने ६७ टेस्टमा २ सय ३६ विकेट लिएका थिए।
अश्विनको नाममा अब ४३ टेस्टमा २ सय ३९ विकेट पुगेको छ। अफस्पिनर अश्विनभन्दा अगाडि भागवत चन्द्रशेखर (२४२), विशनसिंह बेदी (२६६), जाहिर खान (३११), हरभजन सिंह (४१७), कपिल देव (४३४) र अनिल कुम्बले (६१९) छन्।