आगामी मंगलवारदेखि राजधानीमा हुने एएफसी प्रेसिडेन्टस कप समूह एको छनोट फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबारदेखि हुने खेलको सबै तयारी पुरा भएको जानकारी गराइएको हो ।
दशरथ रंगशालामा हुने प्रतियोगितामा नेपालको ए डिभिजन लिग च्याम्पियन थ्रीस्टार क्लवले सहभागिता जनाँउदैछ ।
प्रेसिडेन्टस कपको छनोटमा नेपालको ए डिभिजन लिग च्याम्पियन थ्रीस्टार क्लव सँगै चाइनिज ताइपेइको ताइवान पावर कम्पनी, बंगलादेशको अब्हानी लिमिटेड र मंगोलियाको इर्चिम फुटबल क्लव रहेका छन् ।
प्रतियोगिता खेल्न सबै विदेशी क्लवहरु राजधानी आईपुगेको एन्फाले जनाएको छ । प्रतियोगिता सञ्चालनको लागि करिब ९० लाख रुपैयाँ खर्च हुने आयोजक एन्फाले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
आगामी मंगलबार हुने उद्घाटन खेलमा ताईवान पावर कम्पनी र मंगोलियाको ईर्चीम फुटबल क्लव भिड्नेछन् । यसैगरि साँझ ६ वजे थ्रीस्टार क्लव र बंगलादेशको आब्हानी लिमिटेड एक आपसमा ऐड्ने भएका छन् ।