हङकङमा भएको विश्वकप क्रिकेटको छनौट प्रतियोगिता खेलेर नेपाली महिला टोली मंगलबार स्वदेश फर्किएको छ।
महिला राष्ट्रिय क्रिकेट टोलीलाई स्वागत गर्न खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र क्रिकेट संघका पदाधिकारी विमानस्थल पुगेका थिए। त्रिभुवन अन्तराष्टिय विमानस्थलमा ओर्लिएलगत्तै नेपाली महिला राष्ट्रिय क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्रीले हङकङमा भएको विश्वकप क्रिकेटको एसियाली छनोट पार गर्न नसके पनि एसिया कपमा छनिनु नेपाली महिला क्रिकेटका लागि ठूलो उपलब्धि रहेको प्रतिक्रिया दिइन्।
विश्वकप क्रिकेटमा छनौट हुन नसके पनि ९ वर्षपछि रनरअपको भएपनि ट्रफि ल्याउन सफल भएको भन्दै उनले त्यसैलाई आफूले उपलब्धि ठानेको बताइन्।
विश्वकप क्रिकेटको छनौट प्रतियोगितामा सहभागी हुन नेपाली महिला राष्ट्रिय क्रिकेट टोली असोज २० गते हङकङ गएको थियो।