अपडेट: नेपाल आइसिसी वर्ल्ड क्रिकेट लिगको डिभिजन २ मा पुगेको छ।
बर्मुडामा जारी डिभिजन तीनमा आयोजक बर्मुडाले अमेरीकालाई हराउँदा नेपाललाई भाग्य खुलेको हो। अमेरीकाले दिएको २२१ रनको विजयी लक्ष्य बर्मुडाले ४४.४ ओभरमा ५ विकेट गुमाउदै पुर्याएको हो।
नेपालले शिर्ष २ स्थान हात पार्दै दोस्रो डिभिजनमा बढुवा हुनुकासाथै सन् २०१५ मा हुने विश्व कपको छनौट चरणमा समेत खेल्न पाउने भएको छ । सन् २०१४मा न्युजिल्याण्डमा हुने छनौटमा सहभागि हुने १० टोलीमध्ये शिर्ष २ टोली विश्वकपका लागि छनौट हुनेछन् ।
.....
बर्मुडामा जारी आइसिसी वर्ड क्रिकेट लिग डिभिजन तीनमा नेपालले इटालीलाई ८ विकेटले हराएको छ।
इटालीसँग भएको समूह चरणको अन्तिम खेलमा नेपालले पाएको १२८ रनको लक्ष १४.३ ओभरमा २ विकेट गुमाउदै पुरा गरेको छ।
नेपालका लागि ओपनर सुबास खकुरेलले ४७, प्रदिप ऐरी ४२, पारस खड्का २२ तथा ज्ञानेन्द्र मल्लले अभिजित १० रनको योगदान दिएका थिए।
यसअघि टस हारेर व्याटीङ गरेको इटालीले निर्धारीत ५० ओभरकोफ खेलमा ९ विकेट गुमाउँदै १२७ रन मात्र बनाएको थियो ।
इटलीलाई सस्तैमा समेट्ने क्रममा नेपालका राहुल विश्वकर्मा र संजम रेग्मीले समान तीन ३ विकेट लिएका थिए । यस्तै शक्ति गौचनले २ तथा बसन्त रेग्मीले एक विकेट लिए ।
इटलीका लागि कार्ल सान्ड्रीले सर्वाधिक ३९ रन जोडेक थिए ।
डिभिजन तीनमा आफ्नो स्थान पक्का पारेको नेपालले डिभिजन २ उक्लन आज इटलिलाई ठुलो अन्तरले हराउनुपर्ने छ । यति मात्र नभएर आजै अर्को खेलमा बर्मुडाले अमेरिकालाई पराजित गर्नुपर्नेछ ।