रियो ओलम्पिकमा भारतलाई रजत दिलाउने ब्याडमिन्टन खेलाडी पीबी सिन्धुले ५० करोडको प्रायोजन भेटाएकी छिन्। रियोको सफलतापछि उनी देशभित्र नगद इनामले मालामाल भएकी थिइन्। अब उनी प्रायोजनबाटै ५० करोड कमाउने छिन्।
स्पोर्टस् म्यानेजमेन्ट कम्पनी बेसलाइनले २१ वर्षीय सिन्धुलाई ३ वर्षका लागि अनुबन्धित गरेको छ। अब उनी क्रिकेट खेलाडीपछि भारतमा प्रायोजनबाट सर्वाधिक रकम कमाउने खेलाडी बनेकी छिन्। बेसलाइन कम्पनीका सह–संस्थापक तथा प्रबन्ध निर्देशक तुहीन मिश्राका अनुसार सिन्धुको पछिल्लो समय चुलिदो लोकप्रियताका कारण धेरै कम्पनीले उनलाई अनुबन्ध गर्न चाहन्थे।
‘अघिल्लो तीन वर्षमा हामी उनको ब्रान्ड भ्यालु बढाउन चाहन्छौं। उनको सफलता अविश्वनीय छ,’ मिश्राले भने। ओलम्पिकको ब्याडमिन्टनमा रजत जित्ने उनी पहिलो महिला खेलाडी हुन्।