संरक्षकभूषण वज्राचार्य र मायांका राणा प्रथम राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको सिंगल्समा च्याम्पियन भए। सातदोबाटोस्थित टेनिस कोर्टमा बुधबार ३ घण्टा १५ मिनेट चलेको पुरुष सिंगल्सतर्फको फाइनलमा संरक्षकले पूर्व नेपाल नम्बर एक कमल भण्डारीलाई ४–६, ७–५ र ६–४ को सेटमा पराजित गरे। सन्तोष खत्री र नवीन पुन तेस्रो भए।
ललितपुर जिल्ला लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्स उपाधि भिडन्तमा मायांकाले इरा रावतलाई ६–७, ६–२ र ६–३ को सेटमा हराइन्। फाइनल ३ घण्टा ५ मिनेट चलेको थियो। माहिका राणा र भगवती विक संयुक्त रुपमा तेश्रो भए। मायांकाले प्रतियोगितामा दोहोरो स्वर्ण जितिन्। उनले जुम्ल्याहा बहिनी माहिकासंग मिलेर महिला डबल्स उपाधि पनि हात पारिन्।
विभूति कार्की र विजिशा श्रेष्ठको जोडी तेश्रो भयो। त्यस्तै पुरुष डबल्समा श्रीराम मगर र कमल भण्डारीको जोडी पहिलो भयो। संरक्षकभूषण वज्राचार्य र महेश श्रेष्ठको जोडी दोस्रो भयो भने सन्तोष खत्री र आत्माराम कार्की तथा शक्ति शर्मा र अनिल शाहीको जोडी तेस्रो भयो।
कूल नगद पुरस्कार राशी १ लाख ६० हजार रुपैयाँ रहेको प्रतियोगिताका प्रत्येक स्पर्धाका विजेताले २० हजार, उपविजेताले १० हजार र तेश्रो हुने खेलाडीले ५–५ हजारका दरले नगद पुरस्कार पाए।