भारतीय टि–२० टिमका कप्तान महेन्द्रसिंह धोनीको जीवनीमा आधारित फिल्म ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ मा उनको प्रेमिकाका भूमिका निर्वाह गर्ने नवोदित अभिनेत्री दिशा पटानी उनलाई भेट्न आतुर छिन्।
यो फिल्ममा धोनीको भूमिका सुशान्तसिंह राजपूतले निर्वाह गरिरहेका छन्। धोनीको श्रीमति साक्षीको भूमिका कियारा आडवाणीले निर्वाह गरेकी छिन भने वास्तविक जीवनमा उनको पहिलो प्रेमिका रहेकी प्रियंका झाको भूमिकामा दिशा छिन्।
धोनीलाई भेट्न निकै उत्साहि दिशाले भनिन्– ‘मलाई थाहा छैन मेरो भेट धोनीसँग कहिले हुन्छ। तर, म उनलाई भेट्न उत्सुक छु।’
उनले धोनीको पहिलो प्रेमिकाको भूमिकालाई जीवन्त बनाउन आफूले निकै मेहनत गरेको बताइन्। त्यसैले उनले फिल्म हेर्दा धोनीले आफूमा प्रियंकालाई भेट्ने बताइन्। फिल्म सेप्टेम्बर ३० मा प्रदर्शन हुदैछ।