स्पोर्टिङ गिजोनविरूद्धको खेलमा उत्रिनुअघि बार्सिलोनाका स्टार स्टाइकर नेइमारले आफ्नो स्टार कलाकार आर्नोल्ड स्वेजनेगरलाई भेटेका थिए। ‘दि टर्मिनेटर’ स्टार आफ्नो युरोप भ्रमणअन्तर्गत शुक्रबार बार्सिलोनाको नोउ क्याम्पस्थित अभ्यास सत्रमा पुगेका थिए।
जहाँ उनलाई बार्सिलोनाका खेलाडीले स्वागत गरेका थिए।
आर्नोल्डले भेटका क्रममा आफू ब्राजिलियन स्टारको प्रशंसक भएको बताउन भुलेनन्। उनले नेइमारसँगको भेटमा पनि ब्राजिली स्टारलाई ‘वास्तविक विजेता’ भन्न बिर्सिएनन्। नेइमारसँगको भेटपछि स्वेजनेगरले आफ्नो इन्स्टाग्राममा लेखेका छन्,‘नेइमार जुनियर! तिमीलाई भेटेर खुसी लाग्यो साथी!’
स्वेजनेगर बडिबिल्डिङ प्रतियोगिताको लागि बार्सिलोना आएका थिए।
अस्ट्रियाबाट बडिबिल्डिङ गर्दै अमेरिकामा बसाइँ सारेका आर्नोल्ड क्यालिफोर्नियाका मेयर पनि बनिसकेका छन्। उनलाई अभ्यासको क्रममा बार्सिलोनाका सर्जियो बस्क्युट्स, जाभियर मास्चेरानो, डेनिस सुआरेज र पाको अल्कासेरले पनि भेटेका थिए।
नेइमार पनि टर्मिनेटर स्टारसँग भेट्न पाउदा दंग थिए। नेइमारले पनि आफ्नो ट्विटरमा लेखेका छन्–‘तिमीसँग भेट्न पाउदा खुसी लागेको छ।’