लिओनल मेसी स्पेनिस ला लिगा अन्तर्गत गएरातिको खेलमा एथ्लेटिको मड्रिडविरुद्धको खेलका क्रममा घाइते भएका छन्।
खेलको ५९ औं मिनेटमा डिएगो गोडिनको ट्याकलका क्रममा मेस्सी घाइते भएका थिए अब उनी करिब तीन साता मैदान बाहिर रहने भएका छन् ।
यसअघि उनले चोटकै कारण विश्वकप छनोटमा भेनेजुएलाविरुद्धको खेल गुमाएका थिए।
बार्सिलोनाका अर्जेन्टिनी स्टार मेस्सी च्याम्पियन्स लिग अन्तर्गत १९ अक्टोबरमा हुने म्यानचेष्टर सिटीसँगको खेलमा फर्कने अनुमान गरिएको छ।