अन्तर्राष्ट्रिय ह्याण्डबल महासङ्घको आयोजनामा बङ्गलादेशको राजधानी ढाकामा हुने मध्य–दक्षिण एसियालीस्तरको आइएचएफ ट्रफी ह्याण्डबल प्रतियोगिताका लागि नेपाली महिला तथा पुरुष खेलाडीको छनोट प्रक्रिया आज सम्पन्न भएको छ।
अन्तर्राष्ट्रिय ह्याण्डबल महासङ्घले हरेक दुई वर्षमा आयोजना गर्ने उक्त प्रतियोगितामा विभिन्न नौ राष्ट्रको सहभागिता रहने नेपाल ह्याण्डबल सङ्घका अध्यक्ष तेज गुरुङले जानकारी दिए।
प्रतियोगिताको महिलातर्फ १४ खेलाडी छनोट भएका छन्। निशा राई, रमिला बस्नेत, यशोदा ताम्राकार, सङ्गीता श्रेष्ठ, तारादेवी महत, लक्ष्मी राई, सुष्मिता वैद्य, शिला रेग्मी क्षेत्री, रमिता खड्का, आकृति गुरुङ, बबिता श्रेष्ठ, प्रतिमा थापा, आइत लामा र अन्जना मल्ल रहेका छन्।
महिला टोलीको टिम म्यानेजरमा सङ्घका सदस्य प्रकाशकुमार सुनुवार र प्रशिक्षकमा पर्वत गुरुङ र विन्दाकुमारी महाराजी छन्।
त्यसैगरी पुुरुषतर्फ पनि समान १४ खेलाडी नै छनोटमा परेका छन्। तेन्जेन लामा, नरेन्द्र विसी, रमेश केसी, आशिष अधिकारी, सचित कार्की, सन्दिप खडका, चन्द्र केसी, सरुण श्रेष्ठ, भुवन शाही, सुजन महर्जन, सुजन मगर, शुधान्सु श्रेष्ठ, मात्रिका राई र राजेश तामाङ टोलीमा रहेका छन्।
टोलीको म्यानेजरमा सङ्घका उपाध्यक्ष भीमबहादुर केसी, प्रशिक्षकमा हिमाल दाहाल र रमेश सापकोटा रहेका छन्।
प्रतियोगिता यही असोज २३ देखि २७ गतेसम्म ढाकामा आयोजना हुनेछ। रासस