सडक दूर्घटनामा एक व्यक्तिको ज्यान गएपछि पक्राउ परेका श्रीलंकाली क्रिकेटर नुवान कुलशेखरालाई प्रहरीले जमानतमा थुनामुक्त गरेको छ।
गत सोमबार बसलाई ओभरटेक गर्ने चक्करमा एउटा मोटरसाइकल विपक्षी ध्रुवबाट आइरहेको कुलशेखराको कारमा गएर ठोक्किन पुगेको थियो। दूर्घटनामा मोटरसाइकलमा सवारी गरिरहेको व्यक्तिको ज्यान गएको थियो।
यही घटनामा पक्राउ परेका कुलशेखरालाई बुधबार जमानतमा छोडिएको श्रीलंकाली क्रिकेट संघले जानकारी दियो।
प्रहरी श्रोतले बताएअनुसार नियमित जाँच गर्ने सर्तमा उनलाई थुनामुक्त गरिएको हो। उनले प्रहरीले बोलाएको खण्डमा हाजिर हुनु पर्नेछ। ३४ वर्षिय कुलशेखराले श्रीलंकाका लागि २१ टेस्ट खेलिसकेका छन्। उनले एकदिवसीय क्रिकेटलाई लक्षित गरेर यही जुनदेखि टेस्ट क्रिकेटबाट सन्न्यास लिएका थिए।