नेपालको प्रतिनिधित्व गर्दै श्रीलंका भ्रमणमा रहेको धनगढी क्रिकेट एकेडेमी र श्रीलंकाको रवि पन्चेहवा एकेडेमीबिचको क्रिकेट सिरिज रोमाञ्चक मोडमा पुगेको छ। शनिवारसम्म खेलेका आठवटा खेलहरुमध्ये चारमा जित हासिल गर्दै चारवटा खेलमा हारेको छ।
शनिवार भएको आठौ मैत्रीपूर्ण खेलमा धनगढी क्रिकेट एकेडेमीका खेलाडीले रवि पन्चेहवा क्रिकेट एकेडेमीलाई ६ विकेटले हराएको हो। टस जितेर पहिले व्याटिङ गरेको रवि पचेहवा एकेडेमीले दिएको एक सय ११ रनको विजय लक्ष्य ४ विकेट क्षतिमा पुरा गरेको हो। धनगढीको जितमा विवेस सिंहले सर्वाधिक ३६ रन कप्तान दिपेन्द्र थापाले ३३ रन अविजित रोशन अधिकारीले १८ रन र लक्ष्मण कार्कीले ११ रन अविजित वनाए।
यसअघि पहिले व्याटिङ गरेको रवि पन्चेहवा क्रिकेट एकेडेमीले १९ दशमलव १ ओभरमा सवै विकेटको क्षतिमा एक सय १० रन बनाएको थियो। अक्सर खमेरडाईनले २६ रन र मोहमद निमाजले २३ रन वनाए। धनगढीका आसुतोष कुँवरले २ विकेट तथा अनमोल स्वार टेकेन्द्र खड्का र अमन पन्थीले १, १ विकेट लिएको थिए। पन्चेहवा क्रिकेट एकेडेमीका ५ जना खेलाडीलाई धनगढीले रन आउट गरेका कारण उच्च स्कोरको रन वन्न सकेन।
शनिवार बिहान भएको खेलमा भने एकेडेमीको टोली पन्चेहवा क्रिकेट एकेडेमी गोल्डसँग पराजित भएको थियो। पन्चेहवा क्रिकेट एकेडेमीले पहिले व्याटिग गर्दै २० ओभरमा एक सय ८५ रन बनायो। ठूलो योगफल बनाउनका लागि मोहमद रिफाईले अर्ध शतकसहित ७१ रन र भीडव्लु सामराले २७ रनको योगदान गरे। धनगढीका लागि आसुतोष कुँवरले ३ विकेट तथा शिवराज ऐर टेकेन्द्र खड्का र अनमोल स्वारले १,१ विकेट हात पारे।
१ सय ८६ रनको विजय लक्ष्य पछ्याएको डिसिएको टोली ९१ रन वनाएर १४ ओभरमा अल आउट भयो। कप्तान दिपेन्द्र थापाले २७ रन वनाए पनि त्यो जितका लागि पर्याप्त भएन। पन्चेहवा क्रिकेट एकेडेमीका सतीश र नुस्मिनले ३, ३ विकेट लिए।
श्रीलंकामा रहेको धनगढी क्रिकेट एकेडेमीको टोलीले अव एक अभ्यास खेल खेल्न बाँकी रहेको छ। चार जित र चार हारमा रहेको टोलीले नौ खेल जितेमा उपाधि आफ्नो पक्षमा पार्नेछ। आईतवार कुनै खेल राखिएका छैनन् भने सोमवार टोलीले महत्वपूर्ण अन्तिम अभ्यास खेल खेल्नेछ।
तस्वीर महेशकुमार शाह,