नेपालका सबैभन्दा महंगा फुटबल खेलाडी रोहित चन्द सुर्खेतमा रहेको शनि भिलेज रिसोर्टको ब्राण्ड एम्बेसडर(सद्भावना दुत) बनेका छन्।
एक वर्षअघि सुर्खेतको वीरेन्द्रनगरमा स्थापना भएको शनि भिलेज रिसोर्टले सुर्खेतमै घर भएका नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी चन्दलाई ब्राण्ड एम्बेसडर बनाएको हो।
रिसोर्टका तर्फबाट महाप्रवन्धक विकास सिलवाल र चन्दबीच सम्झौता भएको छ। रोहित नेपाली फुटवलको महत्वपूर्ण र चर्चित खेलाडी हुनुका साथै सुर्खेती युवा भएको नाताले खेलकुदमा लाग्न अरुलाई पनि प्रेरणा मिलोस् भन्ने उद्देश्यले उनलाई एम्बेसडरमा नियुक्त गरिएको रिसोर्टका महाप्रबन्धक सिलवालले बताए।
उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो पहिचान बनाइसकेका रोहितलाई ब्राण्ड एम्बेसडर नियुक्ति गर्न पाउनु गौरवको कुरा भएको बताए।
खेलाडी चन्दले आफ्नै गृह जिल्लाको सुविधासम्पन्न रिसोर्टको पहिलो ब्राण्ड एमबेसडर हुनु पाउनु आफ्नो लागि खुसिको कुरा भएको बताए। खेल र खेलाडीका लागि निजि क्षेत्र त्यो पनि होटलबाट यसरी सहयोग गर्नु सकारात्मक भएको उनले बताए।
(तस्बिरः चन्दलाई ब्राण्ड एम्बेसडरको नियुक्ति गरिएको सम्झौतापत्र प्रदान गर्दै रिसोर्टका महाप्रबन्धक सिलवाल –बायाँ) र खेलाडी चन्द )