स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गर्दै पोल्याण्ड पहिलो पटक युरो कप फुटबलको क्वाटरफाइनलमा पुगेको छ।
शनिबार भएको प्रि क्वार्टरफाइनलमा स्वीट्जरल्याण्डलाई ट्राइब्रेकरमा हराएर पोल्याण्ड युरोकपमा इतिहास रच्दै क्वाटरफाइनलमा पुगेको हो ।
आज भएको अन्तिम १६ को पहिलो खेलको निर्धारित समयको खेल १-१ गोलको बराबरीमा टुङ्गिएपछि खेल टाइब्रेकरमा गएको थियो।
पोल्याण्डका लागि खेलको ३९ औँ मिनेटमा ज्याकुब ब्लास्कचेकोस्की गोल गरेर अग्रता दिलाएका थिए । खेलको ८२ औँ मिनेटमा स्वीट्जरल्याण्डका शाक्विरीले गोल गर्दै बराबरी बनाए । निर्धारित ९० मिनेटमा खेल बराबरी भएपछि अतिरिक्त समयमा पुगेको थियो ।
अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो।
ट्राइब्रेकरमा पोल्याण्डले स्वीट्जरल्याण्डलाई ५–४ गोल अन्तरले हरायो । पोल्याण्ड तेस्रो पटकको युरो सहभागितामा क्वाटरफाइनल पुगेको हो । यसअघि समूह चरणको खेलमा स्वीट्जरल्याण्डले अल्वानियालाई १–० गोल अन्तरले हराएको थियो । जर्मनीसँग बराबरी खेलेको पोल्याण्डले युक्रेनलाई १–० ले र नर्दन आयरल्याण्डलाई पनि १–० गोल अन्तरले हराएको थियो।