बिर्ता युथ क्लबले सुरुङ्गा जेसीजको आयोजनामा आजबाट सुरु सुरुङ्गा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
बुधबार सम्पन्न उद्घाटन खेलमा बिर्ता युथ क्लब बिर्तामोडले सुयस स्पोर्टिङ क्लब सुरुङ्गालाई शुन्यका बिरुद्ध ६ गोलको फराकिलो अन्तरमा हराएको हो ।
खेलको मध्यान्तरअघि राम्रो प्रर्दशन गरेको सुरुङ्गाले सबै गोल दोस्रो हाफमा खाएको थियो । दोस्रो हाफको ५१ औं मिनेटमा गणेश खड्काको गोलबाट अग्रता लिएको बिर्ता युथ क्लबले त्यसपछि लगातार गोलको बर्षा गरिरह्यो ।
६१ औं मिनेटमा खड्काले नै बिर्तामा लागि ब्याक्तिगत दोस्रो गोल गरेर टिमलाई जितको नजिक पुर्याए ।
खेलको ६४ औं मिनेटमा विजय धिमाल, ६७ मा पुष्प मादेन र ६९ मा योगेन लिम्बुले गोल गरे । लगत्तै पहिले ३ गोल गरेका गणेश खड्काले पुनः गोल थप्दै ह्याट्रिक पुरा गरे । खेलको म्यान अफ द म्याच बिर्ता युथ क्लबका गणेश खड्का घोषित भए ।
खेल अवधिभर खेललाई आफ्नो नियन्त्रणमा लिन बिर्ता युथ क्लबका खेलाडी सफल भएका थिए । खेल शुरु भए लगत्तै सुयसका खेलाडीको शसक्त प्रहारलाई बिर्ताका गोलकिपर किरण चेम्जोङले उत्कृष्ठ बचाउ गरेका थिए ।
खेलको म्यान अफ द म्याच बिर्ता युथ क्लबका गणेश खड्का घोषित भए । विहिबारको खेल चर्च ब्वाईज काठमाण्डौ र मुनाल स्पोर्टिङ क्लब चन्द्रगढीबिच हुनेछ ।
प्रतियोगितामा बिजेताले १ लाख १ हजार १ सय ११ तथा उपविजेताले ५१ हजार १ सय ११ रुपैंया, ट्रफी र मेडल पाउने जानकारी सुरुङ्गा जेसीजका महासचिब भिमप्रसाद भट्टराईले दिएका छन् ।