नवौं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा बेन कटिङको अलराउण्ड प्रदर्शनले घरेलु मैदानमा रोयल च्यालेन्जर्स बैंलोरले उपाधि जोगाउन सकेन।
आइतबार राति भएको आइपिएलको फाइनलमा कटिङले १५ बलमा नटआउट ३९ रन बनाएर हैदरावादलाई जिताउन तथा आफ्नो टिमलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेले।
अस्ट्रेलियाका क्रिकेटर कटिङले एम चिन्नास्वामी रंगशालमा भएको खेलमा चार छक्का र तीन चौका प्रहार गरेसँगै रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहलीको सपना टुटाउन महत्वपूर्ण भूमिका खेले।
विराट कोहलीले यो आइपिएलमा ३८ छक्का र कुल ९ सय ७३ रन बनाएर पनि टिमलाई जिताउन सकेनन्।
कटिङले पारीको अन्तिम ओभरमा शेन वाटसनको बलमा तीन छक्का प्रहार गर्नु हैदरावादका लागि बरदान र बैंग्लोरका लागि अभिषाप सावित भयो।
कटिङले अन्तिम ओभरमा २४ रन बनाएका थिए।
उनले ब्याटिङमा मात्रै राम्रो गरेका होइनन् । बलिङमा पनि चम्केका कटिङले ३८ बलमा ७६ रन बनाएका बैंग्लोरका क्रिस गेललाई आउट गराए। यस्तै उनले लोकेश साहुललाई मात्रै पाँच रनमा आउट गराए। पारीको अन्तिम ओभरको शानदार ब्याटिङ तथा टिम समस्यामा परेका बेला गरेको उत्कृष्ट बलिङले गर्दा कटिङ यो खेलका म्यान अफ द म्याचसमेत बने।