यो वर्षको आईपीएल फाइनलमा सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बैंगलोर उपाधिकालागि भिड्दैछन्।
बैंगलोरको घरेलु मैदान चिन्नास्वामी स्टेडियममामा हुने खेलमा ५ खेलाडीबीच कडा टक्कर हुनेछ।
विराट vs भुवनेश्वर
आज हुने फाइनलमा सबै क्रिकेट प्रेमीको नजर दुई स्टार विराट कोहली र भुवनेश्वरकुमारको खेलमा हुनेछ। विराटले यो सिजनमा सबैभन्दा बढी रन बनाएर नयाँ रेकर्ड बनाइसकेका छन् भने भुवनेश्वरले सबैभन्दा बढी विकेटको रेकर्डमा लगभग नजिक छन्।
आज भुवनेश्वरको बलमा विराटको ब्याट चलेमा आरसीबीलाई च्याम्पियन बन्न कसैले रोक्ने छैन। विराटलाई रोक्न भुवनेश्वर कुमारले सकेमा बैंलोरलाई उपाधि जित्न गाह्रो छ। भुवनेश्वकर कुमारले यो सिज़नमा २३ विकेट लिइसकेका छन्। यता कोहलीले ९१९ रन बनाइसकेका छन्।
एबी डिविलियर्स vs मुस्तफिजुर
आईपीएलको यो सीजनमा आरसीबीका सबैभन्दा बलियो हतियार ब्याटिङ लाइन नै हो। यता हैदारावादका लागि बलिङ बलियो हतियार हो।
यो सिजनमा एबी डिविलियर्सले शानदार ब्याट चलाएका छन्। उनलाई टक्कर दिनु हैदारावादका युवा तिब्र गतिका बलर मुस्तफिजुर रहमान तयार छन्। यो सिजनको आईपिएलमा १६ विकेट लिइसकेका उनी एबी डिविलियर्सलाई रोक्न तयार छन्। एबी डिविलियर्सले ६८२ रन बनाइसकेका छन्।
क्रिश गेल vs बरिन्दर शरण
आईपीएलको यो सिजनमा विस्फोटक ब्याट्मेन क्रिश गेल खासै जम्न सकेका छैनन्। यद्यपी उनले केही खेलमा उत्कृष्ट बलिङ गरेका छन्।
आजको खेलमा गेललाई हैदराबादका बरिन्दर सरनले टक्कर दिने भएका छन्।
जसले हैदारावादका लागि १३ विकेट लिइसकेका छन्। यी दुई खेलाडी चलेमा खेलले निर्णायक मोड लिनेछ।
यदि गेल चलेमा उनी एक्लैले टीमलाई जिताउन काफी छ।
वार्नर vs वाट्सन
हैदरावादका कप्तान डेविड वार्नरले पनि विराट कोहलीको जस्तै कप्तानी पारी खेलेर टिमलाई फाइनलमा पुर्याएका हुन्। वार्नरले गुजरात लायन्सविरूद्ध शानदार ९३ रनको नटआउटठ पारी खेले। वार्नर यो सीजनमा कोहलीभन्दा पछाडि दोस्रो सर्वाधिक रन बनाउने खेलाडी हुन्। उनले १६ खेलबाट ७७९ रन बनाइसकेका छन्।
वार्नरको सीधा टक्कर आरसीबीका अलराउण्डर शेन वाटसनसँग हुन्छ। उनी बलिङ र ब्याटिङ दुबैमा उत्तिकै राम्रा छन्। उनले १५ खेलबाट १६८ रन बनाउनुका साथै २० विकेट लिइसकेका छन्।
युवराज vs चहल
युवराज सिंहको ब्याट चलेमा आईपिएल उपाधि हैदारावादबाट उक्काउन बैंलोरलाई समस्या हुन्छ।
आईपीएलको शुरूआतका केही खेलमा अस्वस्थ रहेका सिंह हैदारावादलाई फाइनलमा पुर्याउन महत्वपूर्ण योगदान दिएका छन्।
युवराजले कोलकोत्तामाथि ४४ रनको महत्वपूर्ण पारी खेलेका थिए। युवराजलाई टक्कर दिन बैंलोरका यजुवेन्द्र चहल तयार छन्। चहलले जारी आईपिएलमा २० विकेट लिइसकेका छन्। उनले सिंहलाई रोक्न सके खेल आफ्नो पक्षमा पार्न बैंलोरलाई समस्या हुनेछैन।
किफायती बलिङ गरेका चहलले १२ खेलबाट २० विकेट लिइसकेका छन्।यी दुई खेलाडी जम्न सकेमा पल्ला कसको पक्षमा जान्छ हेर्न बाँकी छ।