भारतमा आइपिएलमा सबैभन्दा बढी पारिश्रमिक बुझ्ने खेलाडी रोयल च्यालेन्जर्स बैंलोरका कप्तान विराट कोहली हुन्।
उनले १५ करोड भारतीय रूपैया पारिश्रमकि बुझ्छन्। यस्तै दोस्रो नम्बरमा महेन्द्र सिंह धोनी र शिखर धवनले समान १२ करोड ५० लाख बुझ्छन्।
यस्तै मुम्बई इन्डियन्सका कप्तान रोहित शर्माले ११ करोड ५० लाख पारिश्रमिक बुझ्छन्।
गौतम गम्भीर १० करोड, किरण पोलार्ड ९ करोड ७० लाख, एबिडिब्लेयर्स ९ करोड ५० लाख तथा क्रिश गेल ८ करोड ४० लाख रूपैयाँ पारिश्रमिक बुझ्ने गरेको आइपिएलले जनाएको छ।
यस्तै गुजरातका कप्तान शुरेस रैनाले ९ करोड ५० लाख बुझ्ने भएका छन्। हेर्नुहोस् आइपिएलमा कसको कति तलब छ?