फिफा वरियतामा नेपाल २ स्थान तल झरेको छ । विश्व फुटवलको सर्वोच्च संस्था फिफाले अगष्ट महिनाको वरियता सार्वजनिक गर्दा नेपालले आफ्नो वरियतामा दुई स्थान गुमाउँदै एकसय १६५ औं स्थानमा ओर्लिएको हो ।
अघिल्लो महिना ७ स्थान सुधार्दै १ सय ६३ औं स्थानमा रहको नेपाल यो महिना २ स्थान खस्केको हो ।
दक्षिण एसियामा सबैभन्दा माथि रहेको अफगानिस्तान पनि एक स्थान तल झर्दै १ सय ३३ स्थानमा रहदै शीर्ष स्थानमा यथावत छ । त्यस्तै अघिल्लो महिना १० स्थान तल झरेको भारतले आफूलाई एक स्थान सुधार्दै १५४ औ स्थानमा ल्याएको छ। यस्तै दक्षिण एसियाका अन्य राष्ट्रमा माल्दिभ्स ५ स्थान तल झर्दै १५७ औ तथा बंगलादेश ४ स्थान माथि उक्लदै १६२ औ स्थानमा आइपुगेको छ । यस्तै २ स्थान नै सुधारेको श्रीलङ्का १६६ औ स्थानमा पुगेको छ । यता पाकिस्तानले पनि आफूलाई दुई स्थान सुधारेर १६८औ स्थानमा आउँदा भुटान २०७ स्थानमा यथावत छ ।
विश्व च्याम्पियन स्पेन शीर्ष स्थानमा कायम रहदाँ अर्जेन्टिनाले आफूलाई एक स्थान सुधार्दै दोस्रो स्थानमा यथावत छ। यस्तै एक स्थान तल झरेको जर्मनी तेस्रो तथा एक स्थान माथि उक्लिएको कोलम्बिया चौथो स्थानमा रहेका छन् ।
बेल्जियम पाँचौ, उरुग्वे छैठौ स्थानमा रहँदा ७ स्थान माथि उक्लेको स्विटजरल्याण्ड सातौ स्थानमा फड्को मारेको छ । नेदरल्याण्ड तथा चार स्थान तल झरेको इटाली समान आठौ स्थानमा रहेका छन् ।
यस्तै इङ्ल्याण्डले आफूलाई सात स्थान सुधारेर १० स्थानमा उक्लिदा ब्राजिल ११औ स्थानमा झरेको छ ।
एसियाली मुलुकहरुमा जापान सवैभन्दा माथि ४४औं स्थानमा रहेको छ भने त्यसपछि इरान ४९औ र उज्वेकिस्तान ५५ स्थानमा रहेका छन् ।