फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ फिफाको बरियतामा नेपाल एक स्थान तल झरेको छ।
बिहीवार फिफाले सार्वजनिक गरेको पछिल्लो बरियतामा नेपाल एक स्थान तल झर्दै एक सय ८० औं स्थानमा झरेको हो। नेपाल अघिल्लो महिना फिफाले जारी गरेको बरियतामा १७९ औँ स्थानमा थियो।
दक्षिण एशियामा भने सवैभन्दा शीर्ष स्थानमा रहेको माल्दिभ्स एक सय ६२ औँ स्थानमा छ। यस्तै भारत १६२औं स्थानमा छ भने एक स्थान तल झरेको बंगलदेश १७८ औँ स्थानमा छ।
यसैगरी भुटान १८६ औं स्थानमा रहँदा श्रीलंका १८७ र पाकिस्तान १९०औं स्थानमा रहेका छन्।
फिफा बरियतामा शीर्ष स्थानमा अर्जेन्टिना छ भने दोस्रो स्थानमा बेल्जियम यथावत छ। विश्व विजेता जर्मनी भने पाँचौ स्थानमा छ।